चीनमा विश्वको सबैभन्दा ठूलो रेडियो टेलिस्कोपको निर्माण सुरु, ६ वर्षमा पूरा हुने

  • Technology Khabar | ११ आश्विन २०७९, मंगलवार
चीनमा विश्वको सबैभन्दा ठूलो रेडियो टेलिस्कोपको निर्माण सुरु, ६ वर्षमा पूरा हुने

काठमाडौं ।

चीनले विश्वको सबैभन्दा ठूलो रेडियो टेलिस्कोपको निर्माण सुरु गरेको छ।

चीनको सिनजियाङ उइघुर स्वायत्त क्षेत्रमा विश्वको सबैभन्दा ठूलो पूर्ण रूपमा स्टेरेबल रेडियो टेलिस्कोप निर्माण शुरु भएको हो।

सिन्जियाङको किताई काउन्टीमा अवस्थित, किताई रेडियो टेलिस्कोप (क्यूटीटी) मा ११० मिटर व्यासको स्टियरेबल डिश एन्टेना हुने गिजचाइनाले जनाएको छ।

क्यूटीटीको ब्यास अमेरिकाको वेस्ट भर्जिनिया राज्यको ग्रीन बैंक टेलिस्कोप भन्दा १० प्रतिशत ठूलो हुनेछ।

जुन विश्वको सबैभन्दा ठूलो स्टेरेबल रेडियो टेलिस्कोप हो। यो निर्माण गर्न ६ वर्ष लाग्ने अपेक्षा गरिएको छ।

क्यूटीटीले उच्च परिशुद्धताका साथ आकाशको ७५ प्रतिशत कभर गर्नेछ।

ब्ल्याक होल, क्वासार, द्रुत रेडियो बर्स्ट, कालो पदार्थ, गुरुत्वाकर्षण तरंग र उत्पत्ति जस्ता क्षेत्रहरूमा अध्ययनको लागि विश्व–स्तरीय अवलोकन प्लेटफर्म प्रदान गर्नेछ।

ब्रह्माण्डमा जीवन हुन्छ भन्ने यसको उदाहरण रहेको विज्ञहरुले बताएका छन्।

प्रकाशित: ११ आश्विन २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

अनर प्ले११ प्लस र प्ले१० ५जी सार्वजनिक

  • Technology Khabar
  • ११ आश्विन २०७९, मंगलवार