ताजा समाचार

एनआइसी एशिया बैंकको मोबाईल बैंकिङ्ग एपमार्फत स्मार्ट क्युआर भुक्तानी हुने

एनआइसी एशिया बैंकको मोबाईल बैंकिङ्ग एपमार्फत स्मार्ट क्युआर भुक्तानी हुने
Global IME Bank

एन आइ सी एशिया बैंकका ग्राहकहरुले अब आफ्नो मोबाईल बैंकिङ्ग एप प्रयोग गरी स्मार्ट क्युआरद्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने भएको छ। हाल बैंकका १४ लाखभन्दा बढी मोबाईल बैंकिङ्ग एप प्रयोगकर्ता रहेका छन्।

मोबाईल बैंकिङ्ग एप प्रयोगकर्ताले मोबाईल बैंकिङ्ग एपमा रहेको क्युआर भुक्तानी गर्ने बिकल्प छनौट गरी स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन्। साथै एनआइसी एशिया बैंकमा खाता नभएका ग्राहकहरुले पनि प्ले स्टोर वा एप स्टोरमा गई एनआइसी एसिया मोबैंक एप डाउनलोड गरि लाईट (वालेट) एकाउन्ट रजिस्टर गरेर पनि सजिलै भुक्तानी गर्न सक्ने छन्।

यो सुबिधा सुरु भएसंगै एनआइसी एशिया बैंकको मोबाईल बैंकिङ्ग सेवामा नयाँ आयाम थपिएको छ। साथै स्मार्ट क्युआर मार्फत भुक्तानी लिने ब्यवसायीलाई पनि एनआइसी एशिया बैंकका मोबाईल बैंकिङ्ग प्रयोगकर्ता संग भुक्तानी लिन सहज भएको छ।

Sajilo Visa
easy care