सफ्टबैंकका सीईओले सामसङसँग सम्भावित आर्मको गठबन्धन बारे छलफल गर्ने

Technology Khabar ६ आश्विन २०७९, बिहीबार

काठमाडौं ।

सफ्टबैंकका सीईओले सामसङसँग सम्भावित आर्मको गठबन्धन गर्नका लागि सामसङका उपाध्यक्षलाई भेट्ने भएका छन्।

सफ्टबैंक समूहका सीईओ मासायोशी सनले दक्षिण कोरियाली टेक दिग्गज र चिप डिजाइनर आर्मबीचको सम्भावित “रणनीतिक गठबन्धन” बारे छलफल गर्न सामसङसँग भेट्ने योजना रहेको बताएका छन्।

रोयटर्सले रिपोर्ट गरेअनुसार अर्को महिना सनले सियोलको भ्रमण गर्दा सामसङका उपाध्यक्ष जे लीसँगको भेट हुने अपेक्षा गरिएको छ।

प्रकाशित: ६ आश्विन २०७९, बिहीबार

तपाइको प्रतिक्रिया