सीजी इलेक्ट्रोनिक्सले नेपालमा एलजी टिभी एसेम्बल गर्ने

Technology Khabar ६ आश्विन २०७९, बिहीबार

काठमाडौं ।

सीजी इलेक्ट्रोनिक्सले नेपालमा नै एलजीको टिभी एसेम्बल गर्ने भएको छ। एलजी इलेक्ट्रोनिक्स, सिंगापुरका एमडी सुङ्घो चुनले चौधरी ग्रुपसँगको सहकार्यमा तयार रहेको काठमाडौंको सतुङ्गलमा एलजीको टिभी एसेम्बली प्लान्टको उद्घाटन गरेका छन्।

एलजी इलेक्ट्रोनिक्सका प्राविधिक विज्ञहरूको टोलीले नेपाली ईन्जिनियरिङ् टोलीलाई निरन्तर रूपमा सुपरिवेक्षण र सहयोग गर्दै आएको छ जसले गर्दा नेपालमा एसेम्बल गरिएका उत्पादनहरूको गुणस्तरीय मापदण्डअनुसार मिल्ने बताइएको छ।

एमडी सुङ्घो चुनले भने, ‘नयाँ एसेम्बली प्लान्टले एलजीका उत्पादनहरूलाई यस बजारका लागि थप किफायती बनाउनका लागि थप बाटोहरू खोल्ने छ, भविष्यमा, हामी नेपालमा नेपाली ग्राहकहरुलाई अझ धेरै अवसरहरु प्रदान गर्नेछौं। निकट भविष्यमा, एलजीका घरेलु उपकरणहरू तथा मनोरन्जनका उपकरणहरू नेपालबाट एसेम्बल र उत्पादन सुरु हुनेछ, जसले नेपाली ग्राहकहरूलाई एलजीका उत्पादनहरूको लागत घटाउन मद्दत गर्नेछ।“

“एलजी र चौधरी ग्रुप बीचको दीर्घकालीन सहकार्यको घोषणाले नेपालमा थप वैदेसिक लगानी ल्याउन निश्चित रूपमा मद्दत गर्नेछ। यसले नेपालमा रोजगारीका नयाँ अवसरहरू सिर्जना गर्न मद्दत गर्नेछ साथै नेपाली ग्राहकहरूले गुणस्तरीय सेवा सहितका महंगा घरेलु उपकरणहरू सुपथ मुल्यमा प्राप्त गर्नुहुनेछ,” चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने ।

साथै चुनले नेपालमा टिभी प्यानल निर्माण इकाई स्थापना गर्ने सोच ब्यक्त गर्दै, सम्भाव्यताका लागि नवलपरासीको देवचुलीस्थित सीजी इन्डस्ट्रियल पार्कको पनि भ्रमण गरेका थिए।

प्रकाशित: ६ आश्विन २०७९, बिहीबार

तपाइको प्रतिक्रिया