आईफोन १४ उच्च अंकका साथ ड्युराबिलिटी परीक्षणमा पास

  • Technology Khabar | ५ आश्विन २०७९, बुधबार
आईफोन १४ उच्च अंकका साथ ड्युराबिलिटी परीक्षणमा पास

काठमाडौं ।

एप्पल आईफोन १४ ले उच्च अंकका साथ ड्युराबिलिटी (स्थायित्व) परीक्षण पास गरेको छ।

आईफोन १४ का प्रयोगकर्ता ज्याक एकेए जेरीरिङएभरिथिङले स्क्रयाचिङ, जलाउने र मोड्ने लगायत परीक्षणका साथ सेटको ड्युराबिलिटी परीक्षण गरेका हुन्।

उक्त ड्युराबिलिटी परीक्षणमा आईफोन १४ उच्च अंकका साथ पास भएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

आईफोन १४ को डिजाइन गत वर्षको आईफोन १३ बाट लिइएको छ। जसमा केही सुधारहरु पनि रहेका छन्। मुख्य हार्डवेयर भिन्नता भनको आईफोन १४ को पछाडिको गिलास हटाउन सजिलो हुनुका साथै यसको मर्मत लागत पनि उल्लेखनीय रुपमा कम छ।

ड्युराबिलिटी परीक्षण स्क्रिन स्क्र्याच परीक्षणबाट शुरु गरिएको थियो। एमओएएस कठोरता स्केल स्तर ६ मा सानो स्क्रयाच र स्तर ७ मा गहिरो खाँचहरु परेका छन्।

फोनमा दिइएको एल्युमिनियम पक्षहरुले ब्लेडका साथ फोन झरेर फुट्नबाट जोगाउँछ। आईफोन १४ को पछाडिको क्यामारामा नीलमणि लेन्स कभरको रुपमा सूचीबद्ध गरिएको छ। तर स्क्रयाच परीक्षणमा नीमणि लेन्स नभएको पत्ता लाग्छ। लेभल ६ को परीक्षणमै मार्क देखा पर्न थाल्छ।

लामो समयसम्म स्क्रिन बर्न-इन परीक्षणले धेरै डेड पिक्सेलमा परिणाम दिन्छ। आशा गरिए अनुसार त्यसलाई पुन रिकभर गर्न सकिदैन। बेन्ड परीक्षणका दैरान आईफोन १४ ले दबाबमा लचिलो हुने संकेत दिँदैन।

 

प्रकाशित: ५ आश्विन २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार