
काठमाडौं ।
कृषि र वन मन्त्रालयले आईटी कर्मचारीहरू भर्ती गर्ने गर्ने भएको छ।
पछिल्लो समय सूचना प्रविधिको प्रयोग गर्दै गएकाले अधिकांश देश र अधिकांश क्षेत्रमा आईटी जान्ने कर्मचारी भर्ना गर्ने भएकाले युरोप महादेश , चीन, दक्षिण अफ्रिका र टर्की देशमा लागु गर्न थालेको हो।
युरोप महादेश लगायत अन्य ३ ओटा देशका मन्त्रालयको सामुहिक बैठकले स्वदेशी तथा विदेशी आईटी कर्मचारीहरू करारमा भर्ती गर्ने भएको युरोपियन एलाइन्स अफ इनिसियटिभले जनाएको छ।
इनिसियटिभको इपेपर अनुसार सबै देशका कृषि तथा वन मन्त्रालय, सूचना प्रविधि महानिर्देशनालयमा कार्यरत हुनको लागि सम्बन्धित देशको नियमानुसार भर्ति हुने पाउनेछन्।
सबै देशमा कर्मचारीको रोजगारी सम्बन्धी सिद्धान्त र प्रक्रियाहरू सम्बन्धी नियमनको धारा अनुसार स्वेदशी तथा विदेशी उम्मेदवारले कुनै १ पदका लागि आवेदन दिन सक्छन्।
कर्मचारीको लागि ४ वर्षको कम्प्युटर इन्जिनियरिङ, सफ्टवेयर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, इलेक्ट्रोनिक इन्जिनियरिङ, इलेक्ट्रिकल र इलेक्ट्रोनिक इन्जिनियरिङ तथा औद्योगिक इन्जिनियरिङमध्ये कुनै संकायहरूबाट सम्बन्धित विषयमा स्नातक गरेको हुनुपर्नेछ।
अध्ययनसँगै सफ्टवेयर, सफ्टवेयर डिजाइन र यस प्रक्रियाको विकास र व्यवस्थापनमा ३ वर्ष कार्य गरेको अनुभव हुनुपर्नेमा युरोप, चीन, दक्षिण अफ्रिका र टर्की देशहरुले खाका तयार पारेका छन्।
सबै देशका नागरिक एक अर्को देशमा आवेदन दिन सक्नुका साथै, यी ४ वटा देश बाहेक अरु राष्ट्रका सर्वसाधारणले समेत निवेदन दिन सक्ने जनाएका छन्।
सबैले निवेदनको लागि सम्बन्धित देशको कृषि तथा वन मन्त्रालयको वेवसाइट खोली विज्ञापन हेर्न सक्ने र प्रकृयानुसार निवेदन दिन सक्नेछन्।
आवेदन दिनेले ई–सरकारी पासवर्डको साथ व्यक्तिगत आवेदनमा आफ्नो पहिचान नम्बर सहितको परिचयपत्र पेश स्क्यान गरि पेश गर्नुपर्ने नियम छ।
नेपाली नागरिकहरुले पनि बैदेशिक रोजगारीका लागि युरोप महादेश लगायत अन्य ३ ओटा देश चीन, दक्षिण अफ्रिका र टर्कीमा निवेदन दिन पाउने छन्।
प्रकाशित: ४ आश्विन २०७९, मंगलवार