
काठमाडौं ।
इलन मस्कको स्टारलिंक स्याटेलाइट इन्टरनेट स्टारलिंक अन्टार्कटिका महादेशमा पुगेको छ।
इलन मस्क र नेसनल साइन्स फाउन्डेसन (एनएसएफ) ले पृथ्वीको सबैभन्दा चिसो भाग, अन्टार्कटिकामा इन्टरनेट परीक्षण गरिरहेको रोयटर्सले जनाएको छ।
अन्टार्कटिकामा भएको म्याकमर्डो स्टेसनमा १ हजार जनाको बसोबास गर्छन्।
अहिले त्यहाँ हरेकसँग १७ एमबीपीएस इन्टरनेट पहुँच भएपनि स्टारलिंक प्रयोगमा आए पहिलेकोभन्दा राम्रो र सहज हुने दाबी एलन मस्कले जनाएका छन्।
उत्तरी ध्रुव्र र अन्टार्कटिका केही क्षेत्रमा स्याटलाइट इन्टरनेट विस्तार गरिएपनि प्रभावकारी थिएन।
स्टारलिंकले अन्टार्कटिकामा ५० देखि २०० एमबीपीएसम्म इन्टरनेट गतिको सेवा प्रयोमा ल्याउने छ।
इन्टरनेटको ब्याण्डविथ बढाएर अन्टार्कटिकाको ग्रामीण क्षेत्रमा अनुसन्धान गर्ने वैज्ञानिकलाई सहयोग हुने दाबी गरिएको छ।
प्रकाशित: ४ आश्विन २०७९, मंगलवार