असुस रोग फोन ६ ब्याटम्यान एडिसन घोषणा

  • Technology Khabar | ४ आश्विन २०७९, मंगलवार
असुस रोग फोन ६ ब्याटम्यान एडिसन घोषणा

काठमाडौं ।

असुस रोग फोन ६ ब्याटम्यान एडिसन घोषणा गरिएको छ। असुसको नियमित रोग फोन ६ स्पेसल ब्याटम्यान एडिसन (सुपरहिरो) मेकओभरमा नयाँ डाइमेनसिटी ९००० प्लस पावर ६डीमा सार्वजनिक गरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

फोनको बक्सबाट शुरु गर्दा ब्याटम्यानले बोक्ने उच्च हार्ड शेल, थिम्ड सहितको ब्याटम्यान एरो, ब्याटम्यान सिम इजेक्टर पिन र एलईडी ब्याट सिग्नल सर्चलाइटले प्रसिद्ध ब्याट सिग्नलाई कुनै पनि सतहमा प्रोजेक्ट गर्न सकिन्छ।

फोनको कुरा गर्दा नियमित रोग फोन ६÷६डी जस्तै स्पेसिफिकेसन छन्। फोनको पछाडि आरजीबी ब्याटम्यान लोगोसहित केही डिजाइन ट्विस्ट गरिएको छ।

फोनले ब्याटम्यान एस्थेटिकसाग यसको नाइट कालो रंगसँग मेल खान्ट। असुसले कस्टम ब्याटम्यान थिम, लाइभ वालपेपर, चार्जिङ एनिमेसनहरु र अल्वेज अन डिस्प्ले (एओडी) विकल्पहरु पनि थप गरेको छ।

असुस रोग फोन ६डी ब्याटम्यान एडिसन १२ जीबी र्याम र २५६ जीबी स्टोरेजको मूल्य १ हजार १९९ यूरो तोकिएको छ। फोनमा ८प्लस जेन १ चिप छ।

प्रकाशित: ४ आश्विन २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Huawei He Tingbo named to TIME’S fourth annual list of the TIME100 AI

  • Technology Khabar
  • ४ आश्विन २०७९, मंगलवार