टाटाको ह्याचब्याक ईभी टियागो २८ सेप्टेम्बरमा सार्वजनिक हुने

  • Technology Khabar | ४ आश्विन २०७९, मंगलवार
टाटाको ह्याचब्याक ईभी टियागो २८ सेप्टेम्बरमा सार्वजनिक हुने

काठमाडौं ।

टाटा मोटर्सले २८ सेक्टेम्बरमा टाटा टियागो इलेक्ट्रिक सार्वजनिक गर्ने भएको छ। ड्राइभस्पार्कका अनुसार यो कम्पनीको सबैभन्दा सस्तो इलेक्ट्रिक कार हुने अनुमान गरिएको छ।

कम्पनीले आफ्नो आधिकारिक सोसल मिडियामा टियागो ईभीको तस्बिर राखेको छ।

तस्बिर अनुसार टियागो इलेक्ट्रिक ह्याचब्याकमा क्रूज कन्ट्रोल र मल्टीमोड रिजनरेसन फक्सन दिइनेछ। रिजनरेसन फक्सन कारको ब्रेक्रिङ सिस्टमबाट काइनेटिक एनर्जीलाई इलेक्ट्रिक पावरमा परिवर्तन गर्छ। यो इनर्जी इलेक्ट्रिक कारको ब्याट्री चार्ज गर्न मद्दत गर्छ। रिजनरेसन मोड इन्फोटेनमेन्ट सिस्टमको मुनी ड्यासबार्डमा पाउन सकिन्छ।

टाटा टियागोमा टिगोर ईभीके समान २६ किलोवाट आवरको ब्याट्री प्याक दिइने छ। जसले ७४ बीएचपी तथा १७० न्यूटन मिटर टर्क प्रदान गर्नेछ। टाटा टियागो ईभी सबैभन्दा पहिलो २०१८ को अटो एक्सपोमा प्रस्तुत गरिएको थियो। कम्पनीले यस कारलाई पछि पार्दै नेक्सन ईभी र टिगोर ईभी सार्वजनिक गरेको थियो।

टाटा टियागो इलेक्ट्रिको मूल्य करिब ९ लाख भारु, एक्स शोरुमबाट शुरु हुने अनुमान गरिएको छ। यसको टप भेरियन्टको मूल्य करिब १२ देखि १३ लाख भारुसम्म हुनेछ।

टाटा मोटर्स आफ्नो ईभी ह्याचब्याक, सेडान र एसयूभी तीन भेरियन्टमा बजारमा ल्याउन चाहन्छ।

टिगोर ईभी सेडान र नेक्सन ईभी एसयूभी भेरियन्टमा उपलब्ध छ। यसले पनि कम्पनीको आगामी ईभी ह्याचब्याक हुने सम्भावना प्रबल छ। रिपोर्टका अनुसार टाटाको आगामी ईभी जिपट्रो प्रविधिमा आधारित हुनेछ। कम्पनीले जिपट्रोन प्रविधि पहिलेदेखि नै प्रयोग गर्दै आइरहेको छ जुन एक्सप्रेस–टी प्रविधिभन्दा अधिक आधुनिक र उन्नत छ।

टाटा टियागो र टियागो ईभीको डिजाइनमा धेरै अन्तर हुने छैन। टियागो ईभीलाई सिग्नेचर टील ब्लू तथा डेटोनो ग्रे कलरमा उपलब्ध गराइनेछ। कम्पनीले यी दुई कलर आफ्नो ईभीमा स्ट्यान्डर्ड रुपमा प्रयोग गर्दै आइरुहेो छ। यसका सथौ कारमा अन्य ब्लू एक्सेन्टको पनि प्रयोग गरिनेछ।

प्रकाशित: ४ आश्विन २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...