ईयुले स्मार्ट डिभाइसका लागि साइबर सुरक्षा नियम कडा बनाउने

  • Technology Khabar | ३ आश्विन २०७९, सोमबार
ईयुले स्मार्ट डिभाइसका लागि साइबर सुरक्षा नियम कडा बनाउने
फाइल तस्बिर

काठमाडौं ।

युरोपेली संघले स्मार्ट डिभाइसका लागि नयाँ कानून प्रस्ताव गरेको छ। नयाँ कानूनले इन्टरनेटमा जडान भएका डिभाइसहरुले साइबर सुरक्षा मापदण्डहरु पुरा गर्नु पर्ने एपीन्यूजले उल्लेख गरेको छ।

उक्त कानूनले ईयुका २७ राष्ट्रमा साइबर आक्रमण जोखिम कम हुने अपेक्षा गरिएको छ।

ईयुका अनुसार प्रत्यक ११ सेकेन्डमा र्यान्समवेयर आक्रमण हुने गरेको छ। सन् २०२१ मा साइबर अपराधको विश्वव्यापी वार्षिक लागत ५.५ ट्रिलियन यूरो अनुमान गरिएको छ।

ईयुका अधिकारिका अनुसार युरोपमा मात्रै साइबर हमलाबाट प्रत्यक वर्ष १८० देखि २९० बिलियन यूरो खर्च हुने गरेको छ।

युरोपेली आयोगले कारोनाभाइस महामारीको समयमा साइबर आक्रमण वृद्धि भएको र युक्रेन रुस युद्धले विश्वव्यापी ऊर्जा संकटको बीचमा युरोपेली ऊर्जा पूर्वाधारलाई पनि लक्षित गर्न सक्ने चिन्ता बढाएको बताएको छ।

प्रस्तावित साइबर रेसिलेन्स कानूनले पर्याप्त रुपमा सुरक्षित नभएको डिजिटल तत्वहरु भएका सबै उत्पादनहरुलाई ईयु बजारबाट हटाउने लक्ष्य राखेको छ।

नयाँ कानूनले साइबर आक्रमणहरू मात्र कम गर्दैन तर उपभोक्ताहरूलाई पनि फाइदा पुर्याउँछकिनकि यसले डाटा र गोपनीयता संरक्षणमा सुधार गर्दछ।

‘जब यो साइबरसुरक्षाको कुरा आउँछ, युरोप यसको सबैभन्दा कमजोर लिङ्क जत्तिकै बलियो छ। यो कमजोर सदस्य राष्ट्र होस् वा आपूर्ति श्रृंखलामा असुरक्षित उत्पादन होस्,’ आन्तरिक बजारका लागि ईयुका आयुक्त थियरी ब्रेटनले भनेको एपीन्यूजले उल्लेख गरेको छ।

प्रकाशित: ३ आश्विन २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार