कामना सेवा गेट वे पेमेन्ट सर्भिससँग सम्झौता गर्ने पहिलो विकास बैंक

  • Technology Khabar | २ आश्विन २०७९, आईतवार
कामना सेवा गेट वे पेमेन्ट सर्भिससँग सम्झौता गर्ने पहिलो विकास बैंक

काठमाडौं ।

कामना सेवा विकास बैंक, आफ्नो सेवा सुविधाविस्तार गर्ने क्रममा युनीफाईड पेमेन्ट इन्टर्फेस् नेपालसँग आबद्ध रहेको गेट वे पेमेन्ट सर्भिस प्रालिसँग सम्झौता गर्ने नेपालकै पहिलो विकास बैंक बनेको छ। गत शुक्रबार बैंकको केन्द्रीय कार्यलय ज्ञानेश्वरमा उक्त सम्झौता सम्पन्न भएको हो।

सेवा शुरु भएपश्चात प्रथम चरणमा भारतमा रहेका नेपालीले युपीआइमार्फत कामना सेवा विकास बैंकमा रहेकै बैंक खातामा सोझै रकमान्तर गर्न एवं भारतीय पर्यटकले कामना सेवा विकास बैंकका मर्चेन्टहरुमा भारतीय बैंककै एपमार्फत क्यूआरकोड स्क्यान गरी रकम भुक्तानीगर्न सक्ने पनि बैंकले जनाएको छ।

यस सेवाले भारतबाट प्राप्त हुने विप्रेषण सेवालाई अझ प्रभावकारी बनाउन मद्दत गर्ने विश्वास बैंकले लिएको छ।

प्रकाशित: २ आश्विन २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार