सुजुकी ’पर्वोत्सव’ ग्राहक योजना शुरु, कार किन्दा लाखौ छुट र अन्य सुविधा

  • Technology Khabar | २ आश्विन २०७९, आईतवार
सुजुकी ’पर्वोत्सव’ ग्राहक योजना शुरु, कार किन्दा लाखौ छुट र अन्य सुविधा

काठमाडौं ।

नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले दशैं तिहार भरीका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ।

यो योजना अन्तर्गत ग्राहकले दुई लाख रुपैयाँ सम्मको नगद छुट, १ वर्षको सवारी बीमा र स्क्र्याच कार्ड मार्फत १ लाख ५० हजार रुपैयाँसम्म अतिरिक्त छुट पाउनेछन्।

यो योजना नेपालभर रहेका सुजुकी गाडीका ४२ वटै शोरूमहरुमा लागू हुनेछ। सुजुकीका विभिन्न मोडलहरुका कारहरु बमोजिम फरक फरक हिसाबका छुटहरु लागू हुनेछन्।

सुजुकी ब्रान्डले एसप्रेसो, वागेन आर्, इग्निस, स्विफ्ट, बलेनो, डिजायर, सियाज, ब्रेजा, एसक्रस, एर्टिगा, एक्सएल सिक्स, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेलहरु विक्री बितरण गर्दै आएको बताएको छ।

यो योजना सीमित अवधिका लागी मात्र जारी गरिएको कम्पनीको भनाइ छ।

प्रकाशित: २ आश्विन २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार