
काठमाडौं ।
पछिल्लो समय विद्युतिय सवारी साधानमा आकर्षण बढ्दै गएको छ।
नेपाल लगायत अधिकांश देशले आगामी दिनमा विद्युतिय सवारी साधनको प्रयोगमा जोड दिएका छन्।
विकसित देशहरुले सवारी साधनमा पछिल्लो समय रेललाई पनि प्रयोग गर्न थालेका छन्। भारत लगायत अधिकांश देशमा मेट्रो रेल विद्युतिय माध्यमबाट प्रयोग हुन थालेको पाइन्छ।
पछिल्लो समय टर्किले विद्युतिय रेलको प्रयोगमा जोड दिएको टर्कीका सञ्चार माध्यमले जनाएका छन्।
अंकरा र इस्तानबुलबीचको विद्युतिय रेल यात्रामा बढावा हुन थालेपछि टर्किले सो क्षेत्रको टिकट मुल्य समेत बढाएको छ। यी दुईबीचको रेल भाडा ९५ टिएल रहेकोमा २१५ टिएल बनाएको हो।
यस्तै टर्कीको कोन्या र इस्तानबुलबीचको ६५ टिएल रहेकोमा २६० टिएल विद्युतिय रेल टिकट मुल्य बनाएको छ।
टर्कीको यातायात तथा पूर्वाधार मन्त्रालयले विद्युतिय रेलमा आकर्षण बढ्दै गएकाले आधिकारिक रुपमा सर्वसाधारणलाई मुद्रास्फितीमा सहकार्य गराउन ३० प्रतिशल मुल्य बढाएको जनाएको हो।
जसले गर्दा विनिमय दर र ऊर्जा मूल्यहरुमा वृद्धि भएकोमा सर्वसाधारण सहमत जनाएको सञ्चार माध्यमको रिपोर्टमा उल्लेख छ।
इन्धनको उच्च मूल्यले विद्युतिय सवारी साधनसँगै रेलेको वृद्धि हुन थालेकाले लगानी उकास्नका लागि समेत केही समय सर्वसाधारण विद्युतिय रेलमा केही भाडा महंगो मारमा परेपनि पेट्रोलि यम सवारी भन्दा सस्तो रहेको टर्की सरकारले जनाएको छ।
टर्कीसँगै जर्मनी र नेदरल्याण्डमा समेत विद्युतिय रेलको भाडामा केहि रकम वृद्धि गर्ने योजना रहेको त्यहाका सरकारलाई उद्धृत गर्दै सञ्चार माध्यमहरुले जनाएका छन्।
वृद्धि रकम नखुलाएपनि जर्मनीमा विद्युतिय रेलका लागि सर्वसाधारणले वार्षिक २३ करोड युरो तिर्नुपर्ने छ।
नेदरल्याण्ड भने रेल भाडामा मौन छ।
प्रकाशित: २ आश्विन २०७९, आईतवार