
काठमाडौं ।
आईफोन १४ मोडलमा क्वालकम इंक चिप प्रयोग गरिएको छ। उक्त चिपको सहायताबाट स्याटेलाइटबाट कुरा गर्न सक्छ। तर फोनको सबैभन्दा ठूलो नयाँ सुविधामा थप कस्टम डिजाइन गरिएको कम्पोनेन्टहरु रहेको एप्पलको विज्ञप्तिमा भनिएको रोयर्टसले उल्लेख गरेको छ।
आईफोन १४ को नयाँ फिचरको रुपमा वाईफाई वा सेलुलर डाटा उपलब्ध नभएको अवस्थामा आपतकालीन सेन्देशहरु पठाउन स्याटेलाइट जडान हुने क्षमता छ।
एप्पलले यस महिनाको शुरुमा आईफाने १४ मोडेलमा नयाँ हार्डवेयर समावेश गर्ने जानकारी दिएको थियो। नयाँ हार्डवेयर नोभेम्बरमा आउने सफ्टवेयर अपडेटका साथ रोलआउट गर्ने एप्पलको योजना छ। एप्पलले स्याटेलाइट विशेष हार्डवेयरको विवरण बारेमा जानकारी बाहिर ल्याएको छैन।
आईफोन १४ मा क्वालकम एक्स६५ मोडेम चिप छ।
क्वालकम चिपले सेलुलर नेटवर्कका लागि फाइभजी कनेक्टिभिटी प्रदान गर्दछ। यो एन५३ ब्यान्ड प्रयोग गर्न पनि सक्षम छ। यसले ग्लोबलस्टारका स्याटेलाइटहरुको फ्रिक्वेनसी ब्यान्ड प्रयोग गर्नेछ।
ग्लोबलस्टाले यस महिनाको शुरुमा आफ्नो स्याटलाइट नेटवर्क क्षमताको ८५ प्रतिशतसम्म एप्पलले आपतकालीन सन्देश पठाउन सक्ने सुविधा उपयोग गर्न सक्ने घोषणा गरेको थियो।
प्रकाशित: २ आश्विन २०७९, आईतवार