बजारमा आउने भयो, सस्तोमा ९६५ किलोमिटर माइलेज दिने ब्याट्री

  • Technology Khabar | १ आश्विन २०७९, शनिबार
बजारमा आउने भयो, सस्तोमा ९६५ किलोमिटर माइलेज दिने ब्याट्री

काठमाडौं ।

एक पटकको फूल चार्जमा ९ सय ६५ किलोमिटर माइलेज दिने विद्युतीय कारको ब्याट्री बनेको छ।

नयाँ ब्याट्री छिट्टै बजारमा आउने र हाल बजारमा उपलब्ध ब्याट्रीको तुलनामा आधा सस्तो समेत रहेको ब्याट्री निर्माता कम्पनी अमेरिकाको वान अर्थात आवर नेक्स्ट इनर्जीले जनाएको सीएनएनले उल्लेख गरेको छ।

अमेरिकाको मिचिकगमा रहेको ब्याट्री निर्माता कम्पनीले अहिले बजारमा उपलब्ध ब्याट्रीभन्दा ५० प्रतिशत सस्तोमा ९ सय ६५ किलोमिटर माइलेज दिने ब्याट्री रहेकोले सबैलाई सहज हुने दाबी गरेको छ।

गिमिनी ब्याट्री प्याक २०२६ बाट अमेरिकी प्लाममा २० गिगावाट आवर ब्याट्री उत्पादन गर्ने कम्पनी वानले जनाएको छ।

अन्य ब्याट्री उत्पादकहरुले एनोड फ्रि डिजाइनको विकास गरिरहेका बेला वानले भने गिमिनी ब्याट्री छुट्टै तरिकाले २ भिन्न केमेस्ट्रीयुक्त सेल बनाउने र बजारमा ल्याउने जनाएको सीएनएनको रिपोर्टमा उल्लेख छ।

२ सेलका ब्याट्री एउटा नियमित रुपमा गाडी चलाउनका लागि र अर्को लामो यात्रामा प्रयोग गर्न सकिने रहेको कम्पनी वानको भनाई छ।

हाल संसारभर उत्पादन भइरहेका ब्याट्रीको प्रतिकिलोवाट आवरको औषत लागत १ सयदेखि ११० अमेरिकी डलर रहेको छ।

तर वानले उत्पादन गर्ने प्रतिकिलोवाट आवर ब्याट्रीको औषत लागत ५० अमेरिकी डलर मात्र हुने छ।

विद्युतीय सवारीको सबैभन्दा बढी लागत ब्याट्रीमा नै हुने भएकाले ब्याट्रीको लागत कम हुँदा नेपाल लगायत विभिन्न देशका उपभोक्तालाई सहज हुने अपेक्षा समेत गरिएको छ।

प्रकाशित: १ आश्विन २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Sparrow SMS celebrates sixteen years of delivering messages

  • Technology Khabar
  • १ आश्विन २०७९, शनिबार