
काठमाडौं ।
नेपालको ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्नो स्थापनाको २७ वर्ष पुरा गरेको छ।
अमेरिकाबाट ल्याएको एउटा कम्प्युटर र ईमेल सर्भरबाट सुरु भएको कम्पनीको यात्राले बिहिबारदेखि २७ वर्ष पूरा गरि २८ वर्षमा लागेको वर्ल्डलिंकले जनाएको हो।
ईमेल सेवा हुँदै सन् १९९७ बाट डायलअप इन्टरनेट सेवा दिन सुरु गरेको कम्पनीले आफ्नो सेवा नेपालको ७३ ओटा जिल्लामा आफ्नो इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ।
चालु आर्थिक वर्ष २०७८/७९ मा सबै ७७ ओटै जिल्लामा आफ्नो इन्टरनेट सेवा पुर्याउने वर्ल्डलिंकको दाबी छ।
वर्ल्डलिंकले नेपालमै पहिलोपटक कन्टेन्ट क्यास सेटअपका लागि अकमाईसँग साझेदारी पनि गरेको जनाएको छ।
नेपालका ७ लाख घरमा इन्टरनेट जडान सहित ३० लाख प्रयोगकर्तालाई सेवा उपलब्ध गराउने ठूलो कम्पनीको रुपमा वर्ल्डलिंक रहेको छ।
वर्ल्डलिंकले अहिले ३० हजार स्थानमा निशुल्क सार्वजनिक वाईफाई उपलब्ध गराएको जनाएको छ।
इन्टरनेट सेवासँगै समाजमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू पनि आयोजना गर्दै आइरहेको वर्ल्डलिंकको भनाई छ।
हाल यो सञ्चार क्षेत्रमा ५ हजार ५०० जनाले रोजगारी पाएको वर्ल्डलिंकले जनाएको छ।
प्रकाशित: ३१ भाद्र २०७९, शुक्रबार