
काठमाडौं ।
नबिल बैंकले आन्तरिक तथा वैदेशिक भुक्तानीलाई सरल बनाउन भिसा डाइरेक्ट सेवा सुरु गरेको छ।
भिसा इन्टरनेसनलसँगको सहकार्यमा उक्त सेवा सञ्चालनमा ल्याएको नबिल बैंकले जनाएको हो।
यस सेवामार्फत विदेशमा रहेका जो कोहीले नबिल बैंकको भिसा कार्डका ग्राहकहरूको खातामा सोझै रेमिटेन्स पठाउन सकिने बैंकको भनाई छ।
उक्त सेवा लागु भएसँगै भिसा डाइरेक्टमा सहभागी १८० भन्दा बढी देशहरूबाट इन्टरनेट–बैंकिङ, मोबाइल वा एटीएम मार्फत १६ अङ्कको भिसा कार्ड नम्बरमा रकमान्तर गर्न सकिने भएको हो।
नबिल भिसा क्रेडिट, डेबिट (बैंक खाता) र प्रिपेड कार्डमा रकम प्राप्त गर्न सकिने बैंकको दाबी छ।
प्रकाशित: ३१ भाद्र २०७९, शुक्रबार