साढे १ अर्बको कम्प्यूटर र पार्टस् आयात

Technology Khabar ३१ भाद्र २०७९, शुक्रबार

काठमाडौं ।

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा नेपालमा करिब साढे १ अर्ब रुपैयाँ बराबरको कम्प्यूटर तथा पार्टस् आयात भएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक अनुसार साउनमा १ अर्ब ३९ करोड ८१ लाख रुपैयाँ बराबरको टेलिकम्यूनिकेसन उपकरण तथा पार्टस् आएको छ।

गत वर्षको सोही अवधिको तुलनमा कम्प्यूटर तथा पार्टस्को आयात घटेको देखिन्छ। गत वर्षको साउनमा २ अर्ब २२ करोड ६६ लाख रुपैयाँ बराबरको कम्प्यूटर तथा पार्टस् आयात भएको थियो।

नेपालमा सबैभन्दा बढी कम्प्यूटर तथा पार्टस् चीनबाट आयात हुने गरेको छ। चालु वर्षको साउनमा चीनबाट १ अर्ब ९१ करोड १८ लाख रुपैयाँ बराबरको कम्प्यूटर तथा पार्टस् आयात भएको छ।

अन्य देशबाट २० करोड २० लाख रुपैयाँ बराबरको कम्प्यूटर तथा पार्टस् आयात भएको छ।

प्रकाशित: ३१ भाद्र २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया