Technology Khabar ३१ भाद्र २०७९, शुक्रबार
काठमाडौं ।
नेदरल्याण्ड्सका विद्यार्थीले कार्बन डाइअक्साई सोस्ने इलेक्ट्रिक कार निर्माण गरेका छन्। नेदरल्याण्ड्सको आइन्डहोभन युनिभर्सिटी अफ टेक्नोलोजीका ३५ विद्यार्थीको टोली शन्य उत्सर्जन मोबिलिटी (जेटईएम) इलेक्ट्रिक कार बनाएका हुन्।
यस इलेक्ट्रिक कारको मुख्य विशेषता भनेको ड्राइभको दौरान कार्बन डाइअक्साइड सोसेर वातावरण स्वच्छ बनाउने रहेको इलेक्ट्रेकले उल्लेख गरेको छ।
विद्यार्थीहरुलाई शन्य उत्सर्जन गर्ने कार सिर्जना गर्ने जिम्मा दिइएको थियो। तर उनीहरुलाई यसलाई एक कदम अघि बढाएर कार्बन सोस्न सक्ने यूनिक फिल्टर पनि विकास गरे। कार गुड्ने क्रममा यसले हावा सफा गर्ने काम गर्छ।
जेटईएममा प्रयोग गरिएको २ ओटा फिल्टरले २० हजार माइल यात्रा गर्दा २ किलोग्राम सीओ२ सोस्न सक्छ। रुखहरुले औसत १० जेटईएम कार्बन सोस्न सक्छ।
विद्यार्थीहरु आगामी वर्षमा यसको क्षमता बढाउने योजनामा छन्। उनीहरु सीओ२ फिल्टरको लागि प्याटेन्ट प्राप्त गर्ने प्रक्रियामा पनि छन्।
प्रकाशित: ३१ भाद्र २०७९, शुक्रबार