
काठमाडौं ।
सामसङले सन् २०५० सम्ममा आफ्नो सम्पूर्ण कम्पनीका लागि नेट शून्य कार्बन उत्सर्जन हासिल गर्ने प्रतिवद्धता जनाएको छ। यसका लागि कम्पनीले आगामी साढे ७ वर्षमा ५ अर्ब अमेरिकी डलर लगानी गर्ने इनग्याजेडले उल्लेख गरेको छ।
यद्यपि सामसङका योजनाहरु माइक्रोसफ्टको जस्तो आक्रामक छैनन्। माइक्रोसफ्टले चालु दशकको अन्त्यसम्म कार्बन उत्सर्जन गर्ने योजनामा काम गरिरहेको छ। माइक्रोसफ्टले सन् २०३० सम्ममा नेट शून्य कार्बन उत्पादन गर्नेछ।
सामसङको मोबाइल, डिस्प्ले, इलेक्ट्रोनिक्स व्यवसायले सन् २०२१ मा ग्रीनहाउस ग्यास उत्सर्जनको १० प्रतिशत मात्र जिम्मेवार थियो। कम्पनीको आम्दानीको सबै भन्दा ठूलो स्रोत चिप र कम्पोनेट व्यवसाय ग्रीनहाउन ग्यासका लागि ९० प्रतिशत जिम्मेवार छ। गत वर्ष कम्पनीबाट १७.४ मिलियन टन ग्रीनहाउन ग्यास उत्सर्जन भएको थियो।
चिपमेकिङ व्यवसाय नेट शून्य बनाउनका लागि कम्पनीले धेरै काम गर्न बाँकी छ। कम्पनीले सेमीकन्डक्टर निर्माणको ग्यास उप उत्पादनहरुलाई उल्लेखनीय रुपमा क मगर्न सक्ने प्रविधिहरु विकास गर्नु पर्नेछ। सामसङले चिप बनाउने प्लान्टमा ट्रिटमेन्ट सुविधा जडान गर्ने योजना बनाएको छ।
कम्पनीले कार्बन क्याप्चर र उपयोग गर्ने प्रविधिहरु विकास गर्नेछ। जसले यसको सेमीकन्डक्टर सुविधाहरुबाट कार्बन उत्सर्जनलाई दोहन गर्ने तथा त्यसलाई भण्डारण गर्ने र त्यसलाई प्रयोग योग्य स्रोतमा परिणत गरिनेछ।
प्रकाशित: ३१ भाद्र २०७९, शुक्रबार