
काठमाडौं ।
काठमाडौं विश्वविद्यालय (केयू)ले यसै शैक्षिक सत्रदेखि नेपालमा नै पहिलो पटक स्नातक तहमा ‘वायोइनफर्मेटिक्स’ विषय अध्यापन शुरु गर्ने भएको छ।
विश्वविद्यालयमा शुक्रबार भएको पत्रकार सम्मेलनमा विश्वविद्यालयको स्कुल अफ साइन्सका डिन डा. जनार्दन लामिछानेले विश्वविद्यालयले विद्यार्थी र अभिभावकको रुचि र नयाँ विषयको अध्यापन गराउने क्रममा स्नातक तहमा वायोइनफर्मेटिक्स विषयको अध्यापन गराउन लागेको बताए । उनले वायोइनफर्मेटिक्सले जीवविज्ञानका आधारभूत प्रक्रियाहरू अध्ययन गर्न सूचना विज्ञान, गणित, तथ्याङ्क र कम्प्युटर विज्ञानलाई समेट्ने बताए।
विश्वविद्यालयको स्कुल अफ साइन्सका एसोसिएट डिन डा. वेदमणि दाहालले नेपालमा वायोइनफर्मेटिक्सको क्षेत्रमा ठूलो भविष्य भएको बताए।वायोइनफर्मेटिक्सले क्यान्सर कसरी फैलन्छ, कृषि उत्पादनमा कसरी सुधार गर्न सकिन्छ वा नयाँ औषधिहरू कसरी डिजाइन गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गराउने दाहालले बताए।
प्रकाशित: २७ भाद्र २०७९, सोमबार