
काठमाडौं ।
मुम्बई आईआईटी परिसर स्थित केन्द्रीय विद्यालयका विद्यार्थीलाई पढाउनका लागि एक रोबोटको सेवा लिइएको छ। रोबोटलाई एक महिला शिक्षिका रुपमा प्रयोग गरिएको एबीपीलाइभले उल्लेख गरेको छ।
यस रोबोटको नाम शालू राखिएको छ। शालू रोबोटलाई उत्तर प्रदेशको जौनपुरका शिक्षक दिनेश पटेलले बनाएका हुन्। दिनेश पटेल मुम्बाईको यस केन्द्रीय विद्यालयमा अध्ययापन गराउँछन्। शालू रोबोट निर्माण गर्न ५ वर्षको समय लागेको छ।
उनले रजनीकान्तको फिल्म रोबोटबाट प्रेरणा लिएर शालू बनाउने सोच बनाएका थिए। शिक्षक दिनेश पटेलले रोबोटलाई महिलाको रुपमा पेश गरेर यसको नाम शालू राख्नुको भावनात्मक कारण बताएका छन्।
दिनेशका अनुसार उनको श्रीमतीले रोबोटलाई यस्तो रुप दिन सुझाव दिएका थिए। दिनेश र उनको श्रीमतीबाट कुनै छोरी छैन। त्यसैले रोबोटलाई सोही अनुरुप बनाइएको हो। अब शालू रोबोट मुम्बईको केन्द्रीय विद्यालयमा शिक्षक दिनेश पटेलका छोरीको रुपमा विद्यार्थीलाई पठाउने छिन्।
शालू रोबोट
शालू रोबोट हप्तामा दुई दिन विद्यार्थीलाई कम्प्यूटर विषय अध्ययापन गराउँछिन्। विद्यार्थीलाई अध्ययापन गराउने शीर्षकको फाइल रोबोटमा अपलोड गराइन्छ। त्यसपछि शालू कक्षा लिन्छिन्। विद्यार्थीको प्रश्नको उत्तर शालू फटाफट दिन्छिन्।
पटेलका अनुसार शाल्र रोबोट संसारको ४७ भाषामा अध्ययापन गराउन सक्षम छिन्। जसमा भारतीय भाषा पनि रहेको छ। शालू रोबोटबाट अध्ययापन गर्न विद्यार्थीहरु रमाइलो मानिरहेको पटेलले बताए।
शालू रोबोट बनाउन ५० हजार भारु भन्दा कम लागत लागेको छ। पटेलका अनुसार रोबोट बनाउन उत्कृष्ट मेटरियलको प्रयोग गरिएको छ।
शालू रोबोटको नाम धेरै रेकर्ड दर्ता भएका छन्। जसमा भारत सरकारको कार्मिक मन्त्रालयद्वारा दर्ता गरिएको प्रतिष्ठित वर्ल्ड रेकर्ड पनि रहेको छ। यसका साथै शालू रोबोटको नाम इन्टरनेशनल बुक अफ वर्ल्ड रेकर्ड, एशिया बुक अफ रेकर्ड र इन्डिया बुक अफ रेकर्ड रहेको छ।
प्रकाशित: २७ भाद्र २०७९, सोमबार