सामसङ ग्यालेक्सी ए १३ बजारमा

  • Technology Khabar | २४ भाद्र २०७९, शुक्रबार
सामसङ ग्यालेक्सी ए १३ बजारमा

काठमाडौं ।

सामसङले आफ्नो नयाँ उत्पादन सामसङ ग्यालेक्सी ए १३ स्मार्ट फोन बजारमा ल्याएको छ ।

कम्पनीले ल्याएको नयाँ फोन उच्च गुणस्तर र अत्याधुनिक प्रविधिसहितको सामसङको ए सिरिज पोर्टफोलियोमा सबैभन्दा किफायती फोन हो।

यसमा क्वाड क्यामरा सेटअप, लामो समयसम्म चल्ने ब्याट्री, ठूलो स्क्रिन र विस्तारित स्टोरेजजस्ता विशेषता रहेको जनाइएको छ।

यसमा क्वाड क्यामराको माथिल्लो भागमा ५० मेगापिक्सेल मेन क्यामरा रहेको छ।

यसमा पाँच हजार एमएएच ब्याट्री रहेकाले दुई दिनसम्म ब्याट्री ब्याकअप रहने कम्पनीको दाबी छ।

मेमोरी कार्ड स्लट पनि रहेकाले यसमा आन्तरिक स्टोरेज क्षमता एक टेराबाइटसम्म पुर्याउन सकिने जनाइएको छ। त्यस्तै, र्याम ६ जिबीसम्म बढाउन सकिने उल्लेख छ।

१५ वाटको फास्ट चार्जिङका साथै आउने यो मोबाइलको मूल्य २१ हजार पाँच सय रुपैयाँबाट सुरु हुने जनाइएको छ।

प्रकाशित: २४ भाद्र २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...