
काठमाडौं ।
पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले निजी क्षेत्र र सरकारबीच सहकार्य हुँदा आइटीको विकास हुने बताएका छन्।
नेपाल उद्योग परिसङ्घले बिहीबार राजधानीमा आयोजना गरेको नेपाल पूर्वाधार समिट २०२२ को उद्घाटन समारोहमा उनले भने, “यो क्षेत्रमा सरकार र निजी क्षेत्रको सहकार्य हुन सके हाम्रो भविष्य उज्ज्वल छ।”
पूर्व प्रधानमन्त्री प्रचण्डले नेपालमा आईटी कलेज र विकसित देशसँग उनीहरूका प्रतिभाले प्रतिस्पर्धा गरेकोमा गर्भ अनुभव समेत भएको दोहोर्याए।
उनले अबको समयमा भौतिक पूर्वाधार मात्र नभएर डिजिटल पूर्वाधार समेत महत्वपूर्ण रहेको दाबी गरे।
प्रकाशित: २४ भाद्र २०७९, शुक्रबार