सूचना मन्त्रालयको ९०% काम विद्युतीय प्रणालीमार्फत् हुने दाबी

  • Technology Khabar | २३ भाद्र २०७९, बिहीबार
सूचना मन्त्रालयको ९०% काम विद्युतीय प्रणालीमार्फत् हुने  दाबी

काठमाडौं ।

आफ्नो मन्त्रालयको ९० प्रतिशत काम विद्युतीय प्रणालीमार्फत् हुने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले आफ्नो मन्त्रालय र त्यस अन्तरगतका निकायहरुको कामलाई विद्युतीय प्रणालीमार्फत् नै सम्पन्न हुनेगरी मन्त्रालयले कार्यालय व्यवस्थापन प्रणाली तयार गरिसकेको जानकारी दिएका छन्।

पत्रकारहरूसँगको कुराकानीमा उनले विद्युतिय प्रणाली अन्य मन्त्रालयहरुमा पनि तत्काल विस्तार गर्दै लैजाने योजना रहेको उनले जनाएका हुन्।

सचिव डा. अर्यालले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सो प्रणाली जडान गर्ने काम सुरु गरिएको र अन्य मन्त्रालय र निकायहरुमा विस्तार गर्न आवश्यक तालिमको प्रारुप पनि तय गरिएको बताए।

उनले सूचना र प्रविधिमा सबै नागरिकको पहुँच विकास गर्न सरकारले पूर्वाधार विकासमा जोड दिएको उल्लेख गरे।

सचिव डा. अर्यालले सूचना, प्रविधि क्षेत्रको विकासका लागि निजी क्षेत्रको सहकार्य अति जरुरी रहेको समेत दाबी गरे।

उनले सरकारले जनताको सेवा प्रवाहको कामलाई सहज बनाउन नै सूचना प्रविधिको विकासमा ध्यान केन्द्रित गरेको बताए।

प्रकाशित: २३ भाद्र २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार