
काठमाडौं ।
इलेक्ट्रिक मोटरसाइकल निर्माता सुपर सोकोले दुई नयाँ इन्ट्री लेभल इलेक्ट्रिक मोटरसाइकल सार्वजनिक गरेको छ।
कम्पनीले टीएस स्ट्रिट हन्टर र टीसी वान्डरर सार्वजनिक गरेको भाइजरडाउनले उल्लेख गरेको छ।
दुबै मोटरसाइकल शहरी क्षेत्रका लागि उपयुक्त हुने कम्पनीले जानकारी दिएको छ।
दुबै मोटरसाइकलमा २.५ किलोवाट (३.४ हर्सपावर)को इलेक्ट्रिक मोटर जडान गरिएको छ। मोटरसाइकलको अधिकतम गति ७२ किलोमिटर प्रतिघण्टा रहेको छ। ५६ किलोमिटर रेञ्ज प्रदान गर्ने ब्याट्री फुल चार्ज हुने साढे ३ घण्टा लाग्छ। मोटरसाइकलमा रिमूभबेल ब्याट्री दिइएको छ।
टीसी वान्डररमा दोस्रो ब्याट्री थप गरेर रेञ्ज ११२ किलोमिटरसम्म बढाउन सकिन्छ।
टीएस स्ट्रिट हन्टर र टीसी वान्डररको मूल्य समान ३ हजार ७९९ पाउण्ड तोकिएको छ।
प्रकाशित: १० भाद्र २०७९, शुक्रबार