मेटाको नयाँ भर्चुअल रियालिटी हेडसेट अक्टोबरमा सार्वजनिक हुने

  • Technology Khabar | १० भाद्र २०७९, शुक्रबार
मेटाको नयाँ भर्चुअल रियालिटी हेडसेट अक्टोबरमा सार्वजनिक हुने

काठमाडौं ।

मेटाको नयाँ भर्चुअल रियालिटी हेडसेट अक्टोबरमा सार्वजनिक हुने भएको छ।

मेटाका सीईओ मार्क जुकरबर्गले मेटाको नयाँ भर्चुअल रियालिटी हेडसेट अक्टोबरमा सार्वजनिक हुने बताएका हुन्। जुकरबर्गले जो रोगनको पोडकास्टमा रियालिटी हेडसेट कोड नाम ‘प्रोजेक्ट क्याम्ब्रिया’ कम्पनीको वार्षिक कनेक्ट कार्यक्रममा सार्वजनिक गर्ने बताएको दभर्जले उल्लेख गरेको छ।

‘अक्टोबरमा आउने अर्को डिभाइसमा केही ठूला सूविधाहरु छन्,’ जुकरबर्गले पोडकास्टमा भीआरको बारेमा छलफल गर्दै भने। नयाँ डिभाइस आँखा र अनुहार ट्रयाकिङ गर्न सक्षम हुनेछ।

भीआरमा उच्च रिजोल्यूसन कल स्क्रिन, आँखा ट्र्याकिङका लागि आन्तरिक सेन्सर र परिष्कृत पासथ्रु अगमेन्टेड रियालिटी दिइएको छ।

प्रकाशित: १० भाद्र २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...