मर्सिडीज बेन्ज एएमजी ईक्यूएस ५३ इलेक्ट्रिक कार भारतमा सार्वजनिक

  • Technology Khabar | १० भाद्र २०७९, शुक्रबार
मर्सिडीज बेन्ज एएमजी ईक्यूएस ५३ इलेक्ट्रिक कार भारतमा सार्वजनिक

काठमाडौं ।

मर्सिडीज-बेन्ज इन्डिया ने बुधवार एएमजी ईक्यूएस ५३ परफर्मेन्स इलेक्ट्रिक भेहिकल (ईभी) सार्वजनिक गरेको छ।। एएमजी ईक्यूएस ५३ परफर्मेन्स ईभीको एक्सशोरूम मूल्य २ करोड ४५ लाख भारु तोकिएको छ। यस मूल्यका साथ यो कार भारतको सबैभन्दा महँगा र धेरै रेञ्ज प्रदान गर्ने ईभी बनेको अटोकारले उल्लेख गरेको छ। यस ईभीले सिंगल चार्जमा ५२९–२८६ किलोमिटरको रेञ्ज दिने कम्पनीको दाबी छ।

कारको टप स्पिड २५० किलोमिटर प्रति घण्टा छ र ३.४ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रति घण्टाको गति पकड्न सक्षम हुन्छ।

ईक्यूएस गत वर्ष विश्व बजारमा सार्वजनिक गरिएको थियो। ईक्यूएस फ्ल्यागशिप एस क्लास सेडान बेस्ड कार हो।

ईक्यूएस ५३ मा ४०० भोल्ट, १०७.८ किलोवाट आवर लिथियम आयन ब्याट्री छ। कारले २०० किलोवाटको फास्ट चार्ज सपोर्ट गर्छ।

लुक्स र फिचर

कार चटक्क र सुन्दर गोलाकार क्याब फवार्ड डिजाइनमा छ। ईक्यूएस ५३ मा धेरै बेस्पोक एएमजी स्टाइलिङ तत्व पाउन सकिन्छ। जसमध्ये धेरै एएमजीको आईसीई कारहरुमा पाइने क्लासिक डिजाइनसँग मिल्दोजुल्दो छ। कारको ब्याक प्यानल ग्रिलमा भर्टिकल स्ट्रट्, ग्लोस ट्रिमका साथ हाई ग्लोस ब्याक फ्रन्ट स्प्लिटर छ।

साथै डिजिटल एलईडी हेड लाइट, कम रोलिङ रेजिस्टेन्सका साथ २१ इन्चको अलो ह्वील देख्न सकिन्छ।

३ डी हेलक्स डिजाइनमा एलईडी ल्यापका साथ फ्लस टेल गेट, टेलगेटमा स्टार ब्याज दिइएको छ।

मर्सिडीज एएमजी ईक्यूएस ५३ को क्याबिनको आकर्षक पक्ष भनेको गोरिल्ला ग्लासका साथमा ५६ इन्चको एमबीक्यएस हो। यसमा ३डी म्याप, इन कार गेमिङ फक्सनलिटी, क्यामरा फिड र अन्य धेरै फिचर पाउन सकिन्छ। यो सबैले आर्टिफिसियल इन्टिलिजेन्सको माध्यमबाट काम गर्छ।

प्रकाशित: १० भाद्र २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Bajaj Auto expands EV portfolio in Nepal with Chetak C2501 and C3503 launches

  • Technology Khabar
  • १० भाद्र २०७९, शुक्रबार
Desktop Popup ImageMobile Popup Image×