एआइ एक्स्पर्टहरूसँग ‘आर्टिफिसियल इन्टेलिजेन्स डिस्कसन’ सम्पन्न

  • Technology Khabar | ८ भाद्र २०७९, बुधबार
एआइ एक्स्पर्टहरूसँग ‘आर्टिफिसियल इन्टेलिजेन्स डिस्कसन’ सम्पन्न

काठमाडौं ।

आइटीको उच्च शिक्षा प्रदान गर्दै आएको सफ्टवेरिका कलेज र टेक एण्ड ट्रेन्डीद्वारा आयोजित प्यानल डिस्कसन सम्पन्न भएको छ।

कार्यक्रममा आर्टिफिसियल इन्टेलिजेन्स (एआइ)को विषयमा बिधागत बिज्ञसँग छलफल भएको थियो।

उक्त कार्यक्रममा प्यानलिस्टको रूपमा एनएएएमआइ संगठनका निर्देशक बिजेस खनाल, मेसिन लर्निङ इन्जिनियर श्रवण ठाकुर, एआइ र जबस्निपरका सह–संस्थापक उज्वल कोइराला, डाटा साइन्स विज्ञ आयुष अधिकारी थिए भने मोडरेटरको रूपमा अनुप घिमिरे रहेको कलेजका प्रमुख प्रमोद पौडेलले जानकारी दिए। उनका अनुसार, कार्यक्रममा विभिन्न कलेजका विद्यार्थीहरूले सहभागीता जनाएका थिए।

साथै प्यानलिस्ट र विद्यार्थीहरू बिच एआइ विषय पढनुका फाइदा, यसको भविष्य, विद्यार्थीले पाउने अवसर, समाजले लिन सक्ने लाभ, साइबर सेक्युरिटीमा यसको भूमिका लगायतका विविध विषयमा जानकारीमूलक छलफल भएको उनी बताउँछन् ।

प्रकाशित: ८ भाद्र २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार