
काठमाडौं ।
सर्लाही सदरमुकाम मलङ्गवामा रहेका सरकारी कार्यालयको कामकाज आइतबारबाट नियमित भएको छ।
नवलपुर–मलङ्गवा सडकअन्तर्गत गम्हरिया गाउँमा नेपाल टेलिकमको फाइबर तार काटिएर सदरमुकाम मलङ्गवामा फोन र इन्टरनेट नचल्दा सरकारी कार्यालयका कामकाज प्रभावित भएका थिए।
मर्मतको काम सकेर फाइबरको तार जोडिएपछि फोन र इन्टरनेट नियमित भएको छ। इन्टरनेट नभएर ‘सर्भर डाउन’ हुँदा गएको बिहीबार मलङ्गवाका अधिकांश कार्यालयको सेवा ठप्प जस्तै भएको थियो।
सर्भर सुचारु भएपछि आइतबारबाट कार्यालयको काम नियमित भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रशासकीय अधिकृत राजकुमार थापाले जानकारी दिए। गोरखापत्रबाट
प्रकाशित: ८ भाद्र २०७९, बुधबार