मल बिक्री गर्न ‘ई–बिडिङ’ प्रणाली लागू हुने

  • Technology Khabar | ८ भाद्र २०७९, बुधबार
मल बिक्री गर्न ‘ई–बिडिङ’ प्रणाली लागू हुने

काठमाडौं ।

रासायनिक मल बिक्री वितरणलाई छिटो छरितो र पारदर्शी बनाउन ‘ई बिडिङ’ प्रणाली लागू गरिएको छ। देशभरका मल बिक्री वितरण गर्ने डिपोहरूले आफू खुसी मल बिक्री गरेको, आफ्ना नजिकलाई मात्र दिएको, मल लुकाएको जस्ता आरोप लाग्ने गरेको छ।

यो प्रणाली लागू भएपछि ती सबै आरोपबाट मुक्ति पाउने विश्वास कृषि सामग्री कम्पनी लिमिटेडले गरेको छ। कतिपय डिपोमा मल हुँदा हुँदै मल नभएको भनि किसानलाई ढाँट्ने गरेको गुनासो आउने गरेको छ।

अब कुन ठाउँमा कति मल छ, कति बिक्री भइसक्यो, कुन सहकारीले कति लग्यो जस्ता कुरा जहाँबाट पनि हेर्न सकिने गरी प्रणाली निर्माण भएको हो।

कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख राजेन्द्रबहादुर कार्कीले रासायनिक मल बिक्री वितरणका लागि डिजिटल वितरण प्रणाली लागू गरिएको बताए। यो प्रणाली लागू भएपछि किसानले मल खरिद गर्दा ठगिने समस्याबाट मुक्त हुनुका साथै मलमा हुने अनियमितता तथा चुहावट पनि रोकिने उहाँले बताए।

कृषि सामग्री कम्पनीका सातवटै प्रदेशका प्रादेशिक कार्यालय र गोदाम तथा डिपोमा लागू गरिएको उनले जानकारी दिए।

कम्पनीबाट कुन सहकारीले कति मल लगे, कुन स्थानीय तह वा पालिकामा कति मल गयो, कति बाँकी छ लगायतका विवरण जहाँबाट पनि एक साथ हेर्न सकिने गरी यो प्रणालीमा निर्माण गरिएको उनले जानकारी दिए। हरेक ठाउँको तथ्याङ्क सफ्टवेयरमार्फत अध्यावधिक गरिने बताउँदै प्रमुख कार्कीले त्यसको नियन्त्रण तथा अनुगमन केन्द्रले गर्ने जानकारी दिए।

जुन डिपो जहाँबाट जति मल बिक्री गरे पनि दिनदिनै सो प्रणालीमार्फत अपडेट गर्नुपर्ने हुन्छ। गोरखापत्रबाट 

प्रकाशित: ८ भाद्र २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार