दाङमा वडाबाटै राष्ट्रिय परिचयपत्र

  • Technology Khabar | ८ भाद्र २०७९, बुधबार
दाङमा वडाबाटै राष्ट्रिय परिचयपत्र

काठमाडौं ।

दाङमा राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलनको काम अब वडा तहबाटै हुने भएको छ। यसअघि जिल्ला प्रशासन कार्यालय घोराही, इलाका प्रशासन कार्यालय लमही र तुलसीपुरबाट विवरण सङ्कलन हुँदै आएको थियो।

जिल्लाका दस स्थानीय तहमध्ये सुरुमा घोराही उप महानगरपालिकादेखि अभियान सुरु हुन थालेको हो।

दाङका पाँच लाखभन्दा बढी १६ वर्षमाथिका जनसङ्ख्यालाई तीनदेखि चार महिनाभित्र राष्ट्रिय परिचयपत्र दिनेगरी अभियान सञ्चालन गरिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तीर्थराज भट्टराईले जानकारी दिएका छन्।

प्रकाशित: ८ भाद्र २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...