क्यान्डेला र पोलस्टारबीच उड्ने इलेक्ट्रिक डुंगाको उत्पादन बढाउन ब्याट्री सम्झौता

  • Technology Khabar | ८ भाद्र २०७९, बुधबार
क्यान्डेला र पोलस्टारबीच उड्ने इलेक्ट्रिक डुंगाको उत्पादन बढाउन ब्याट्री सम्झौता

काठमाडौं ।

दुई स्वीडेनी इलेक्ट्रिक मोबिलिटी कम्पनीहरु इलेक्ट्रिक कार कम्पनी र इलेक्ट्रिक डुंगा निर्माताबीच सम्झौता भएको छ। इलेक्ट्रिक डुंगाका लागि आवश्यक पर्ने ब्याट्री मिलेर निर्माण गर्न क्यान्डेला र पोलस्टारबीच सम्झौता हो। पोलस्टारको पावर प्लान्टले क्यान्डेलाको उड्ने इलेक्ट्रिक डुंगाका दुई मोडल निर्माण गर्न सहयोग गर्नेछ।

क्यान्डेलाको क्यान्डेला सी-८ र भर्खर घोषणा गरेको क्यान्डेला पी-८ भोयजरले पोलस्टारको ब्याट्री र चार्जिङ सिस्टम प्राप्त गर्नेछ।

यो सम्झौताले क्यान्डेलालाई पोलस्टारको इलेक्ट्रिक कारका लागि डिजाइन गरिएको अत्याधुनिक अटोमोटिभ ब्याट्रीहरुमा पहुँच प्राप्त हुने इलेक्ट्रेकले उल्लेख गरेको छ।

अधिकतम इलेकिट्रक डुंगा निर्माताहरु समुद्री ब्याट्रीहरुको विशेष बुटिक निर्माताहरुमा भर पर्छन्। तर क्यान्डेलाले अब लागत घटाउन र उत्पादन बढाउन पोलस्टारको विशेषज्ञताको फाइदा उठाउन सक्नेछ।

क्यान्डेला र पोलस्टारले उक्त सम्झौताको घोषणा गर्दै यो शुरुवात मात्र भएको बताएका छन्। ‘भविष्यको सहयोगका लागि थप अवसरहरु खोज्न प्रतिबद्ध छन्।’

क्यान्डेलाले यस वर्षको शुरुमा आफ्नो सी-८ इलेक्ट्रिक डुंगा उत्पादन शुरु गरिसकेको छ। नयाँ घोषणा गरिएको पोलस्टार सम्झौताले उत्पादनहरुलाई तीब्र गतिमा बढाउनुका साथै कम्पनीलाई भविष्यमा मूल्य कम गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ। उक्त उत्पादन र्याम्प अपले इलेक्ट्रिक डुंगाहरुलाई पुरातन डुंगाहरुसँग प्रतिस्पर्धा योग्य बनाउने विश्वास गरिएको छ।

प्रकाशित: ८ भाद्र २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Bajaj Auto expands EV portfolio in Nepal with Chetak C2501 and C3503 launches

  • Technology Khabar
  • ८ भाद्र २०७९, बुधबार
Desktop Popup ImageMobile Popup Image×