विश्वव्यापी बजारमा पुन प्रवेश गर्दै अनर

Technology Khabar ४ भाद्र २०७९, शनिबार

काठमाडौं ।

अनर ब्रान्ड पुन विश्वव्यापी बजारमा उपलब्ध हुने भएको छ। अनरले मलेसियाको बजारका लागि केही नयाँ उत्पादन सार्वजनिक गरेको छ। कम्पनीले अनर ७० र अनर म्याजिकबुक १४ सार्वजनिक गरेको गिजचाइनाले उल्लेख गरेको छ।

ह्वावे समूहबाट बाहिरिएका अनरका डिभाइसहरुमा गुगल प्ले सेवा उपलब्ध हुनेछ।

अनर ७०

अनर ७० मा ६.६७ इन्चको ओएलईडी स्क्रिन र फुल प्लस एचडी प्लस रिजोल्यूसन छ। स्मार्टफोनले १२० हर्ज रिफ्रेस रेट सहित १९२० हर्ज पीडब्ल्यूएम डिमिङ फिक्वन्सी प्रदान गर्छ।

फोनमा ५४ मेगापिक्सलको सोनी आईएमएक्स८०० शुटर छ। म्याक्रो क्षमताको ५० मेगापिक्सलको अल्ट्रवाइड क्यामरा छ। २ मेगापिक्सलको डेप्थ सेन्सर छ। ४८०० एमएएच ब्याट्रीले ६६ वाट फास्ट चार्जर सपोर्ट गर्छ। फोन एन्ड्रोइड १२ मा आधारित म्याजिक यूआई ६.१ बाट सञ्चालित हुन्छ।

क्वालकम स्न्यापड्रागन ७७८ प्लस एसओसी भएको अनर ७० मा ८ जीबी र्याम र २५६ जीबी स्टोरेजमा उपलब्ध छ। फोनको मूल्य ४४७ अमेरिकी डलर तोकिएको छ।

अनर म्याजिकबुक १४

अनरले मलेसियामा स्मार्टफोनसँगै अनर म्याजिकबुक १४ सार्वजनिक गरेको हो। नयाँ ल्यापटप दुई भेरियन्टमा उपलबध छ। इन्टल आइरिस जीपीयू र एनघीआईडीआईए आरटीएक्स२०२५ जीपीयू भेरियन्टमा उपलब्ध छ।

दुवै भेरियन्टमा १४ इन्चको आईपीएस एलसीडीमा क्वाड एचडीप्लस रिजोल्यूसन रहेको छ। साथै ३ः२ अस्पेक्ट रेसियो, गोरिल्ला ग्लास र इन्टेल १२ औं जेनको कोर आई५ प्रोसेसर छ।

प्रकाशित: ४ भाद्र २०७९, शनिबार

तपाइको प्रतिक्रिया