ह्वावे मेट एक्स ३ डिसेम्बरमा लञ्च हुने

  • Technology Khabar | ३० श्रावण २०७९, सोमबार
ह्वावे मेट एक्स ३ डिसेम्बरमा लञ्च हुने

काठमाडौं ।

ह्वावे मेट एक्स ३ आगामी डिसेम्बरमा सार्वजनिक हुने संकेत देखिएको छ।

गत अप्रिलमा ह्वावे मेट एक्स एस २ विक्रिका लागि बजारमा ल्याएको चिनियाँ कम्पनी ह्वावेले अहिले नयाँ एक्स ३ नयाँ फोल्डेबल फोनको लागि काम गरिरहेको छ। त्यो अब ४ महिनापछि ग्राहकका लागि बजारमा आउने संकेत देखिएको गिज्मोचाइनाले उल्लेख गरेको छ।

कम्पनीको आगामी फोल्डेबल फोनको लन्च टाइमफ्रेमको साथमा मुख्य विवरणहरू समेत ह्वावेले साझा गरेको छ।

चाइनिज टिपस्टरका अनुसार ह्वावेले चालु वर्ष सन् २०२२ को डिसेम्बरमा ह्वावे मेट एक्स ३ फोल्डेबल फोन सँगै फ्रिबर्स ५ सेमी इनइयर हेडफोन ल्याउने भएको हो।

यसको मुल्य कम पर्ने भनेपनि मूल्य भने कम्पनीले निर्धारण गरेको छैन। यो फोल्डेबल फोन हल्का र पातलो उपकरणसँगै फोल्ड गर्न मिल्ने हुनेछ।
यो ह्वावे मेट एक्स ३ फोन नयाँ काजले सुसज्जित हुनुका साथै स्क्रिन क्रिज नदेखिने कम्पनीले दाबी गरेको छ।

प्रकाशित: ३० श्रावण २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...