पीएमडब्ल्यूआईमा स्टलवार्टको उत्कृष्ट शुरुवात

  • Technology Khabar | २७ श्रावण २०७९, शुक्रबार
पीएमडब्ल्यूआईमा स्टलवार्टको उत्कृष्ट शुरुवात

काठमाडौं ।

पब्जी मोबाइल वर्ल्ड इन्भिटेस्नल (पीएमडब्ल्यूआई) मा साउथ एशिया रिजनको स्टलवार्ट ईस्पोर्टसले उत्कृष्ट शुरुवात गरेको छ। प्रतियोगितको पहिलो दिन स्टलवार्टले कुल ६ खेलमा ८३ अंक हालिस गर्दै दोस्रो स्थानमा रहन सफल भएको छ।

पहिलो स्थानमा रहेको भ्यामपायर ईस्पोर्टस भन्दा स्टलवार्ट ३ अंकले पछि छ। स्टलवार्ट ईस्पोर्टस मंगोलियाको टिम हो। स्टलवार्ट नेपाल, बंगलादेश, पाकिस्तान लगायत देशको क्षेत्र साउथ एसियाली क्षेत्रको प्रतिनिधित्व गर्दै पीएमडब्ल्यूआईमा प्रतिस्पर्धा गरिरहेको छ।

स्टलवार्टले पहिलो दिन १ चिकेन डिरन, ४६ प्लेसमेन्ट प्वान्ट र ३७ किल प्वाइन्टसहित ८३ अंक जोडेको हो।

पहिलो स्थानमा रहेको भ्यामपायर ईस्पोर्टसले १ चिकेन डिनर, ३५ प्लेसमेन्ट प्वान्ट र ५१ किल प्वाइन्टसहित ८६ अंक जोड्न सफल भएको छ।

तेस्रो स्थानमा रहेको टिम फालकोन्सको ७४ अंक छ।

बिहीबारदेखि शुरु भएको पीएमडब्ल्यूआईको मुख्य इभेट शनिबारसम्म सञ्चालन हुनेछ। मुख्य इभेटमा सहभागी १८ टिमले प्रत्येक दिन ६ खेल खेल्ने छन्। १८ खेलमा शीर्ष ५ स्थान ओगट्ने टिम आफटरपार्टी सोडाउनका लागि छनोट हुनेछ।

आफटरपार्टी सोडाउनमा नेपाली टिम डेड आईगाइजले पनि प्रतिस्पर्धा गर्नेछ। आफटरपार्टीका लागि ७ टिम छनोट भइसकेका छन्। यी ७ टिम र मुख्य इमेन्टको शीर्ष ५ स्थानमा रहने टिम बिच अगष्ट १८ देखि अगष्ट २० सम्म प्रतिस्पर्धा हुनेछ।

पीएमडब्ल्यूआईको कुल पुरस्कार राशी ३ मिलियन अमेरिकी डलर अर्थात ३८ करोड २ लाख २० हजार रुपैयाँ रहेको छ।

मुख्य इमेन्टमा सहभागी टिमले २ मिलियन अमेरिकी डलर र आफटरपार्टी सोडाउनका टिमले १ मिलियन अमेरिकी डलरको पुरस्कार राशीका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितमा प्रथम हुने टिमले ५ लाख अमेरिकी डलर प्राप्त गर्नेछन्। भने दोस्रो हुने टिमले ३ लाख अमेरिकी डलर र तेस्रो हुने टिमले १ लाख ६० हजार अमेरिकी डलर प्राप्त गर्नेछन्। बाँकी रकम सहभागी टिमले प्राप्त गर्ने स्थानको आधारमा बाँडफाँड गरिनेछ।

प्रकाशित: २७ श्रावण २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दूर चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • २७ श्रावण २०७९, शुक्रबार