रुसले छोडेको अबस्थामा अन्तरिक्ष स्टेशनलाई निरन्तरता दिन आकस्मिक योजना बनाउँदै नासा

  • Technology Khabar | २२ श्रावण २०७९, आईतवार
रुसले छोडेको अबस्थामा अन्तरिक्ष स्टेशनलाई निरन्तरता दिन आकस्मिक योजना बनाउँदै नासा

काठमाडौं ।

रुसी अन्तरिक्ष नियामक रोज्कोस्मोसका नवनियुक्त प्रमुख युरी बोरिसोभले भर्खरै रूसले सन् २०२४ पछि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन(आईएसएस)बाट बाहिर निस्किने घोषणा गरेका छन्।

नासा र रूसको अन्तरिक्ष एजेन्सीले स्टेशनलाई निरन्तरता दिनको लागि मिलेर काम गर्दछन्, र पछिल्लो घोषणाले आईएसएस सञ्चालनलाई ठूलो परिवर्तन गर्नेछ।

रोयटर्सका अनुसार, यद्यपि, युक्रेनमा आक्रमण सुरु हुनु अघि नै रुस र अमेरिका बीचको बढ्दो तनावको बिचमा, बोरिसोभले आफ्नो घोषणा गर्नु अघि नासाले वास्तवमा यस्तो सम्भावनाको लागि तयारी गरिरहेको थियो।

अमेरिकी अन्तरिक्ष एजेन्सीको गेम प्लानिङ्गले देखाउँछ कि कसरी संयुक्त राज्य अमेरिकाले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन परियोजनाको महत्वपूर्ण सहयोगी रुससँग आफ्नो सम्बन्धलाई जोडीरहेको छ, जसमा बोइङ, स्पेसएक्स र नर्थरुप ग्रुम्यान जस्ता कर्पोरेट नामहरू पनि समावेश छन्।

रोयटर्सका स्रोतहरूले नासा र ह्वाइट हाउसले गत वर्षको अन्त्यमा आईएसएसका लागि आकस्मिक योजना बनाएको बताएका छन्। ती योजनाहरूमा रसियाले अचानक छोडेमा अन्तरिक्ष यात्रीहरूलाई स्टेशनबाट बाहिर निकाल्ने तरिकाहरू र रूसी हार्डवेयर बिना आईएसएस चलाउने तरिकाहरू समावेश छन्।

आईएसएसलाई नासा र रोज्कोस्मोसबीच प्राविधिक रूपमा अन्तरनिर्भर हुन दुई दशकअघि डिजाइन गरिएको थियो। नासाले अन्तरिक्ष स्टेशनको सन्तुलन र बिजुलीको लागि सोलार एरेहरूको लागि जाइरोस्कोपहरू प्रदान गर्दछ, र रोज्कोस्मोसले प्रोपोल्सनलाई नियन्त्रण गर्दछ जसले फुटबल मैदान आकारको प्रयोगशालालाई कक्षमा बनाई राख्छ। र यही कारणले गर्दा नासाको आकस्मिक योजनाहरूमा पनि योजनाबद्ध समय भन्दा वर्षौं अघि नै स्टेशनलाई डिस्पोज गर्ने तरिकाहरू जाँच गर्ने कार्य समावेश भएको बताईएको छ।

धेरै अन्तरिक्ष कम्पनीहरू यस योजनामा तानिएका छन्, र स्टेशनको प्रमुख निजी ठेकेदारहरू मध्ये एक बोइङका इन्जिनियरहरूको टोलीलाई रुसको थ्रस्टरहरू बिना अन्तरिक्ष स्टेशन नियन्त्रण गर्ने तरिकाहरू जाँच गर्न नियुक्त गरेको स्रोतलाई उदृत गर्दै रिपोर्टमा भनिएको छ।

यसअघि रोज्कोस्मोसका पूर्व निर्देशक दिमित्री रोगोजिनले आफ्नो देश विरुद्ध पश्चिमी प्रतिबन्धहरूको आलोचना गर्दा स्पेसएक्सका प्रमुख इलन मस्कले पनि आईएसएसलाई मद्दत गर्न सार्वजनिकरुपमा नै चासो देखाएका थिए।जस बारेमा ट्विटरमा दुईबीच जुहारी नै चलेको थियो।

गएको जून महिनामा, नर्थरुप ग्रुम्यानले सफलतापूर्वक यसको सिग्नस क्याप्सुल प्रयोग गरेर भविष्यको सञ्चालनका लागि स्टेशनको कक्ष समायोजन गर्न सक्षम भएको थियो, जुन त्यसपछि आईएसएसमा डक गरिएको थियो। यसका साथै स्पेसएक्सले स्टेशनको कक्षलाई बुस्ट गर्नका लागि आफ्नो अन्तरिक्ष यान प्रयोग गर्ने सम्भावना पनि हेरिरहेको रिपोर्टमा उल्लेख छ।

तर रुसले कहिले आईएसएस छोड्नेछ भन्ने कुनै स्पष्ट मिति नतोकेको बताईएको छ।

प्रकाशित: २२ श्रावण २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार