थाइल्याण्डको केन्द्रीय बैंकले आफ्नै डिजिटल मुद्रा परीक्षण गर्ने

  • Technology Khabar | २१ श्रावण २०७९, शनिबार
थाइल्याण्डको केन्द्रीय बैंकले आफ्नै डिजिटल मुद्रा परीक्षण गर्ने

काठमाडौं ।

थाइल्याण्डको केन्द्रीय बैंकले वैकल्पिक भुक्तानी विकल्पको रुपमा डिजिटल मुद्रा परीक्षण गर्ने भएको छ।

वैकल्पिक भुक्तानी विकल्पको रुपमा यस वर्षको अन्त्यदेखि २०२३ को मध्यसम्म आफ्नो खुद्रा डिजिटल मुद्रा परीक्षण गर्ने थाइल्याण्डको केन्द्रीय बैंकले शुक्रबार बताएको रोयटर्सले उल्लेख गरेको छ।

परीक्षणका क्रममा खुद्रा केन्द्रीय बैंक डिजिटल मुद्रा (सीबीडीसी) नगद जस्तै कारोबार सञ्चालन गर्न सकिन्छ। सामान र सेवाहरुको भुक्तानी गर्न निश्चित क्षेत्रमा १० हजार खुद्रा प्रयोगकर्ताहरु बीचमा प्रयोग गरिने बैंक अफ थाइल्याण्ड (बीओटी)को विज्ञप्तिमा उल्लेख छ।

बीओटीले पाइलट परियोजनाबाट हुने फाइदा र जोखिमको मूल्यांकन गरी सम्बन्धित नीतिहरु तर्जुमा गर्ने र डिजाइहरु सुधार गर्ने बताएको छ।

हालका लागि बीओटीसँग औपचारिक रुपमा यस खुद्रा सीबीडीसी जारी गर्ने योजना छैन।

खुद्रा सीबीडीसी केन्द्रीय बैंकद्वारा जारी गरिएको पैसाको डिजिटल रुप हो जुन भौतिक बैंक नोटहरुसँग तुलना गर्न सकिन्छ। यो अनलाइन र अफलाइन दुवै माध्यमबाट वित्तीय लेनदेनमा प्रयोग गर्न सकिन्छ।

बीओटीले डिजिटल सम्पत्तिहरु बिटक्वाइन, ईथरलगायत क्रिप्टोकरेन्सीको प्रयोगलाई समर्थन नगर्ने बताएको छ।

प्रकाशित: २१ श्रावण २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

मोटोरोला मोटो प्याड ७० प्रो अनावरण

  • Technology Khabar
  • २१ श्रावण २०७९, शनिबार