सामसङ इलेक्ट्रोनिक्सको आम्दानी दोब्बर

  • Technology Khabar | १२ श्रावण २०७९, बिहीबार
सामसङ इलेक्ट्रोनिक्सको आम्दानी दोब्बर

काठमाडौं ।

दक्षिण कोरियाको विशाल प्राविधिक कम्पनी सामसङ इलेक्ट्रोनिक्सले आफ्नो दोस्रो त्रैमासिक कमाइमा दोब्बर वृद्धि गरेको बिहीबार जानकारी गराएको छ।

समसङले एक वर्ष पहिलेको भन्दा आफ्नो आम्दानी २१.३ प्रतिशतले बढेर अप्रिल–जून महिनामा ७७.२ खर्ब वन (५९.२ अर्ब अमेरिकी डलर) पुगेको जनाएको छ।

यसले कम्पनीको इतिहासमा दोस्रो सबैभन्दा उच्च राजस्व सङ्कलनलाई सङ्केत गरेको छ।

यस वर्षको पहिलो त्रैमासिकमा ७७/७८ खर्बले वन (५९.७ अरब डलर) रेकर्ड गरिएको राजस्वभन्दा भने सामान्य कमी हो।

कम्पनीको यो बर्षको सञ्चालन मुनाफा १२.२ प्रतिशतले बढेर दोस्रो त्रैमासिकमा १४.०९ खर्ब वन (१०.८ अर्ब डलर) पुगेको जनाइएको छ। यो दोस्रो त्रैमासिकको लागि तेस्रो सबैभन्दा उच्च नाफा हो।

प्रकाशित: १२ श्रावण २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

China’s high-tech FDI surges in first 8 months of 2026

  • Technology Khabar
  • १२ श्रावण २०७९, बिहीबार