इन्स्टाग्रामलाई टिकटक नबन्न किम कार्दशियन र काइली जेनरको सुझाब
काठमाडौं ।
रियालिटी टिभी स्टार किम कार्दशियन र काइली जेनरले इन्स्टाग्रामलाई टिकटक नबन्न सुझाब दिएका छन्।
इन्स्टाग्राममा साना भिडियो राख्दै टिकटक जस्तो नबनी “इन्स्ट्राग्रामलाई फेरी इन्स्टाग्राम बनाउन” सुझाब दिएको बीबीसीले जनाएको छ।
कार्दशियन र जेनरले मेटा–स्वामित्वको प्लेटफर्म इन्स्ट्राग्राममा आफ्नो व्यक्तिगत पोष्टहरूबाट आफ्नै छोटो भिडियो राख्दै आलोचना गरेका हुन्।
इन्स्टाग्राम फोटो र टिकटक भिडियोले चर्चामा आइरहेका बेला उनिहरुको सुझाबसँगै आलोचनाले इन्स्ट्राग्रामलाई चोरको समेत आरोप लागेको छ।
इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले प्लेटफर्ममा कार्दशियन र जेनरको आगमनले एकैचोटि धेरै परिवर्तनहरू भएको जनाएका छन्।
उनले दर्शकहरूलाई आश्वस्त गर्दै फोटोहरू “हाम्रो सम्पदाको अंश”को रूपमा इन्स्टाग्राममा रहेकाले समयसँगै भिडियो राख्न थाल्दा कार्दशियन र जेनरले पनि भिडियोद्वारा आफ्ना कुरा राख्नुले आफू खुसी भएको संकेत गरे।
रियालिटी टिभी स्टार कार्दशियनको ३६० मिलियन फ्लोरहरु छन्। केही समय अघि टिकटक र ट्युटरबाट उनि चर्चामा आएकी थिइन्।
एउटा सामाजिक सञ्जालमा रहँदा अर्कोको विरोधमा उत्रन तयार हुने रियालिटी टिभी स्टारले यसपाली पनि चर्चामा रहन भिडियोसँग विरोधाभास शब्दको प्रयोग गरेको आरोप समेत लागेको छ।