काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गरेको छ।
एसईईको नतिजा हेर्ने सरल तरिका बारेमा जानकारी रहेकाले आफ्नो ग्रेडिङ हेरौं।
नतिजा अनलाइन र एसएमएसबाट हेर्न सकिन्छ।
मेसेज गरेर नतिजा हेर्ने तरिका
एसईईको नतिजा नेपाल टेलिकमको एसएमएसमार्फत हेर्न उल्लेखित प्रक्रिया अपनाउनुहोस्।सबैभन्दा पहिले मोबाइलमा मेसेज एप खोल्नुहोस्।
त्यसपछि न्यु मेसेजको अप्सन ट्याप गर्नुहोस्।
त्यसपछि SEE लेखेर सिम्बोल नम्बर टाइप गरी १६०० (उदाहरणका लागि– –SEE 05804329k टाइप गरी 1600) मा पठाउनुहोस्।
–त्यस्तै नेपाल टेलिकमको आईभीआर मार्फत नतिजा सुन्न १६०० मा कल गरेर अपरेटरले दिएको निर्देशन पालना गर्दै सिम्बोल नम्बर टाइप गरिसकेपछि नतिजा थाहा पाउने सकिन्छ।
–त्यस्तै स्प्यारो एसएमएसबाट नतिजा हेर्नका लागि माथिकै जस्तो (उदाहरणका लागि– SEE 05804329k) प्रक्रिया अपनाई ३५००१ मा एसएमएस गर्न सकिन्छ।
–त्यसैगरी इजी सर्भिस प्रा.लिमार्फत एसएमएसमा नतिजा हेर्न प्रक्रिया अपनाई ३४९४९ मा एसएमएम पठाउनुहोस्।
–त्यस्तै आकाश टेक प्रालिमार्फत एसएमएसमा एसईई नतिजा हेर्न प्रक्रिया अपनाई ३१००३ मा एसएमएस पठाउन सकिनेछ।
–एसएमएस र आईभीआर सेवामार्फत जीपीए मात्र थाहा पाउन सकिन्छ। यदि सम्पूर्ण विषयको ग्रेड थाहा पाउनु छ भने अनलाइनबाट हेर्नुपर्ने हुन्छ ।
–अनलाइनबाट नतिजा हेर्नका लागि परीक्षा नियन्त्रण कार्यलयले नौ ओटा साइटलाई स्वीकृति दिएको छ । सम्पूर्ण विषयमा आएको ग्रेड थाहा पाउनका लागि सिम्बोल नम्बर र जन्ममिति आवश्यक पर्छ।
यस्तै निम्न साइटबाट पनि एसईई रिजल्ट हेर्न सकिन्छ
–राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यलय कक्षा दशबाट नतिजा हेर्नका लागि https://www.see.gov.np/ क्लिक गर्नुहोस् ।
–राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीबाट नतिजा हेर्नका लागि https://www.neb.gov.np/ क्लिक गर्नुहोस् ।
–स्प्यारो पे प्रा.लिबाट नतिजा हेर्नका लागिhttps:// khalti.com/ क्लिक गर्नुहोस् ।
–नीमा एडुकेसन फाउण्डेसन प्रा.लिबाट नतिजा हेर्नका लागि https://neemaacademy.com/ क्लिक गर्नुहोस् ।
–कान्तिपुर पब्लिकेसन लिमिटेडबाट नतिजा हेर्नका लागि https://www.results.ekantipur.com/ क्लिक गर्नुहोस् ।
–द कनेक्ट प्लस प्रा.लिबाट नतिजा हेर्नका लागि https://www.theconnectplus.com/see-result/ क्लिक गर्नुहोस् ।
–ईडीयू सञ्जालबाट नतिजा हेर्नका लागि https://see.edusanjal.comsee.edusanjal.com/ क्लिक गर्नुहोस् ।
–नेपाल टेलिकमबाट नतिजा हेर्नका लागि www.see.ntc.net.np गर्नुहोस् ।
–रिडर्स पोइन्ट प्रा.लिबाट नतिजा हेर्नका लागि क्लिक गर्नुहोस् ।

प्रकाशित: ११ श्रावण २०७९, बुधबार