टिकटक बनाउँदा तालमा बेपत्ता

  • Technology Khabar | ११ श्रावण २०७९, बुधबार
टिकटक बनाउँदा तालमा बेपत्ता

काठमाडौं ।

सल्यानमा टिकटक बनाउने क्रममा चिप्लिएर लड्दा एक युवक कुपिन्डे तालमा बेपत्ता भएका छन्।

कपुरकोट गाउँपालिका–६, सिनवाङ घर भई हाल दाङ तुलसीपुर उपमहानगरपालिका–६ बस्ने अन्दाजी ३७ वर्षीय बेदबहादुर बस्नेत बेपत्ता भएको प्रहरीले जनाएको छ।

मङ्गलबार दिउँसो साथीहरूसँग तालको छेउमा टिकटक बनाइरहेका बेला तालको किनारमा चिप्लिँदा सल्यानको कुपिन्डे तालमा डुबेर उनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। बेपत्ताको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए। गोरखापत्रबाट

प्रकाशित: ११ श्रावण २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार