हुन्डाई आयोनिक ७ विश्व बजारमा २०२३ मा सार्वजनिक हुने

  • Technology Khabar | ११ श्रावण २०७९, बुधबार
हुन्डाई आयोनिक ७ विश्व बजारमा २०२३ मा सार्वजनिक हुने

काठमाडौं ।

हुन्डाई मोटर इलेक्ट्रिक सवारी उत्पादनमा आक्रमक रुपमा अघि बढी रहेको छ। हुन्डाईको आयोनिक ५ इलेक्ट्रिक एसयूभी पहिलैदेखि बजारमा बिक्री भइरहेको छ। कम्पनीले आयोनिक ६ सेडान सन् २०२३ मा सार्वजनिक गर्ने खुलासा गरिसकेको छ। साथै हाल कम्पनी आयोनिक ७ मा पनि काम गरिरहेको छ।

कोरियाली मिडिया रिपोर्टका अनुसार हुन्डाईले हुन्डाई आयोनिक ७ विश्व बजारमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ। कम्पनीले आफ्नो डिजाइन तथा डेभलपमेन्ट सेन्टरमा लन्चको योजना तयार गरिरहेको ड्राइभस्पार्कले उल्लेख गरेको छ।

रिपोर्टका अनुसार आयोनिक ७ विकासित गरिरहेका डेभलपमेन्ट टिम यसको सार्वजनिकमा ढिलाई चाहदैनन्। तोकिएको समयमा परियोजना सम्पन्न गर्न आयोनिक ७ डेभलपमेन्ट टिम ओभर टाइम गरिरहेका छन्।

हुन्डाईले आयोनिक ७ २०२३ मा सार्वजनिक गर्ने तयार गरेको छ।

हुन्डाई आयोनिक ७ कम्पनीको बहुप्रतिक्षित इलेक्ट्रिक कारको रुपमा रहेको छ। हुन्डाईले प्रस्तुत गरेको ७ कन्सेप्ट इलेक्ट्रिक कारका अनुसार आयोनिक ७ एसयूभी हुनेछ। बजारमा इलेक्ट्रिक एसयूभीको बढ्दो मागलाई आयोनिक ७ ले सम्बोधन गर्ने कम्पनीले विश्वास लिएको छ।

हुन्डाई आयोजिनक ५ र आयोनिक ६ समान हुन्डाई आयोनिक ७ पनि ई–जीएमपी प्लेटफर्ममा उत्पादन हुनेछ। नयाँ कार अघिल्ला दुई कारभन्दा ठूलो ब्याट्री प्याक र रेञ्जका साथ उपलब्ध हुनेछ।

आयोनिक ७ ले सिंगल चार्जमा ५०० किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ।

प्रकाशित: ११ श्रावण २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार