एनएलजी इन्स्योरेन्स र बीमा एग्रिगेटर ओएसआर फिन्टेकबीच समझदारीपत्रमा हस्ताक्षर

  • Technology Khabar | ९ श्रावण २०७९, सोमबार
एनएलजी इन्स्योरेन्स र बीमा एग्रिगेटर ओएसआर फिन्टेकबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं ।

निर्जीवन बिमा कम्पनी एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड र बीमा एग्रिगेटर ओएसआर फिन्टेकबीच आइतबार एक समझदारीपत्रमा हस्ताक्षर भएको छ।

एमओयूमा एनएलजीका प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लभ पन्त र ओएसआर फिन्टेकका चेयरम्यान राजेन्द्र अर्यालले हस्ताक्षर गरेका छन् ।

समझदारी अनुसार ओएसआर फिन्टेकले इन्स्योरेन्स एग्रेगेटरका रुपमा एनलएलजीको बीमा प्रडक्टहरुका लागि विद्युतीय प्लेटफर्म उपलब्ध गराउनुका साथै बीमा ब्रोकरको रुपमा उक्त कम्पनीको प्रडक्टहरुको मार्केटिङ गर्नेछ। एग्रिगेटर सेवाका लागि फिन्टेकले बीमामार्केट डट कम नामको वेबसाइट सुरु गर्दैछ।

यो नेपालकै पहिलो रियल टाइम अनलाइन पोलिसी जारी गर्ने एग्रेगेटर हो। यसमार्फत ग्राहकले हरेक बिमालेखको विस्तृत विवरण बुझ्न सक्छन्। यसमा रियल टाइम क्लेम सुविधा उपलब्ध छ । यसले बीमाका विषयमा बुझ्न खोज्ने व्यक्तिका लागि सातै दिन २४ सै घन्टा कल सेन्टरको व्यवस्था गरेको छ। यसमार्फत खरिद, बिक्री र दाबीमा तुरुन्तै पहुँच स्थापित गर्न सकिने कम्पनीको भनाइ छ। कम्पनीले लघुबीमालाई समेत लक्ष्य बनाएको छ ।

समझदारीअनुसार एग्रिगेटरले एनएलजीलाई एपीआई लिंक गर्दै रियल टाइम बाइङ सलुसन प्रदान गर्नेछ। त्यसैगरी एलजीका पोलिसीहरुको खरिदबिक्रीको समीक्षाका लागि डेडिकेटेड पोर्टल उपलब्ध गराउने जनाएको छ ।

ओएसआरले बिक्री भएका सबै पोलिसीको रियल टाइम ट्र्याकिङ, पोलिसी नवीकरणसम्बन्धी नोटिफिकेसन, ग्राहकलाई बीमा दाबी र एलएलजीका पोलिसी खरिदमा सहयोग पनि गर्नेछ।

समझदारीपत्र हस्ताक्षर कार्यक्रममा ओएसआर फिन्टेकका प्रमुख कार्यकारी अधिकृत निखिलराज बंका पनि उपस्थित थिए।

प्रकाशित: ९ श्रावण २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार