उत्तरी हुम्लामा सञ्चार पहुँच

  • Technology Khabar | ५ श्रावण २०७९, बिहीबार
उत्तरी हुम्लामा सञ्चार पहुँच
म्याग्दीमा रहेको नेपाल टेलिकमको मोबाइल टावर। फाइल तस्बिर

काठमाडौं ।

नेपाल टेलिकमले नाम्खा गाउँपालिका–५, नारालेकमा टुजी टावर निर्माण गरी सञ्चालनमा ल्याएको छ।

टावर सञ्चालन भएपछि चार हजार छ सय मिटर अग्लो नारालेक आसपासका क्षेत्रका स्थानीयवासीलाई सञ्चार सम्पर्क गर्न सहज भएको बताइएको छ। टावर निर्माणपछि उत्तरी हुम्ला पनि सञ्चार सम्पर्कमा जोडिएको छ।

यारी गाउँका नाम्ग्याल तामाङले नारामा टेलिकमको टावर बनेपछि सञ्चार सम्पर्क गर्न सहज भएको बताए। यसअघि नारा र यारी क्षेत्रमा फोन गर्नुपर्दा इलिङको टावरले काम गर्ने अग्लो स्थानमा जानुपथ्र्यो।

उनले नारामा टावर निर्माण भएपछि यारी, मुचु, तुम्कोट, चोरलाग्न, लिमीको केही स्थानमा सहजै सम्पर्क गर्न सकिएको बताए।

नेपाल टेलिकम हुम्लाकी प्रमुख रिजी आङ्मु लामाले नारालेकमा टुजी सेवाको टावर निर्माण भएर सञ्चालनमा आएको बताईन्। गोरखापत्रबाट

प्रकाशित: ५ श्रावण २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार