
काठमाडौं ।
एप्पलले ईसिम युक्त आईफोन १४ सिमित बजारमा मात्र उपलब्ध गराउने भएको छ। विश्वभरका धेरै दूरसञ्चार सेवा प्रदायकहरुले भौतिक सिमको विकल्पमा ईसिप प्रयोगमा ल्याउन शुरु गरिसकेका छन्।
नेपालमा पनि ईसिम प्रयोगमा ल्याउनका लागि नेपाल टेलिकमले परीक्षण शुरु गरिरहेको छ। अब छिट्टै विश्वमा भौतिक सिमको स्थान ईसिमले लिनेछ।
द वाल स्ट्रिट जर्नलमा प्रकाशित रिपोर्ट अनुसार एप्पलको आगामी आईफोन १४ सिरिजमा केही बजारका लागि ईसिम भर्सन उपलब्ध हुनेछ। एप्पलले आफ्ना सबै उपकरणहरुमा भौतिक सिमबाट ईसिमा पूर्ण रुपमा स्विच गर्ने अपेक्षा गरिएको छैन।
एप्पल पहिलो चरणमा उपभोक्ताहरु ईसिमको विकल्प मात्र भएको फोन चलाउन कतिको इच्छुक छन् भनेर जाँच गर्न चाहन्छ।
एप्पलले केही समय अघि अमेरिकी बजारमा ईसिम मात्र भएको आईफोन मोडल उपलब्ध गराउने जानकारी दिएको थियो।
फोनमा सिम स्लट हटाउँदा फोन भित्रको महत्वपूर्ण भौतिक स्थान खाली हुनेछ। जसमा अन्य कम्पोनेन्टहरुको लागि प्रयोग गर्न सकिन्छ।
प्रकाशित: ३ श्रावण २०७९, मंगलवार