इन्स्टाग्रामको च्याटबाट सामान किन्न सकिने

  • Technology Khabar | ३ श्रावण २०७९, मंगलवार
इन्स्टाग्रामको च्याटबाट सामान किन्न सकिने

काठमाडौं ।

इन्स्टाग्रामको च्याटबाट सामान किन्न सकिने भएको छ। इन्स्टाग्रामले सोमबार ल्याएको नयाँ अपडेटबाट उपभोक्ताले च्याटबाट सिधै सामान किन्न सक्ने भएको जीएसएमएरिनाले जानकारी दिएको छ।

भुक्तानी संकलन र सबै कुराकानी इन्टरफेसबाट हुने प्रविधिले अर्डरहरू पूर्तिका लागि योग्य साना व्यवसायहरूबाट खरिदहरूको बाटो खुलेको छ।

इन्स्टाग्रामको सामान खरिद सुविधामा ग्राहकका प्रश्नहरू, व्यवसायका उत्तरहरू, आपसमा आदानप्रदान भएका सञ्चार, अर्डरहरू, ढुवानी र ट्रर्याकिङ जानकारी सहितको जानकारी दिने सुविधा छ।

इन्स्टाग्रामको मूल कम्पनी मेटाका अनुसार हरेक हप्ता एक अर्ब मानिसले आफ्नो एपद्वारा कारोबार गर्ने अपेक्षा गरेको छ।

प्रकाशित: ३ श्रावण २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार