
काठमाडौं ।
चालु आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा नेपालमा ५१ अर्ब रुपैयाँ बराबरको दूरसञ्चार उपकरण तथा पार्टपूर्जाको आयात भएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा दूरसञ्चार उपकरण तथा पार्टपूर्जाको आयात ५० अर्ब ७३ करोड ६७ लाख रुपैयाँको भएको देखिएको हो।
नेपालमा सबैभन्दा धेरै दूरसञ्चार उपकरण तथा पार्टपूर्जाको आयात चीनबाट हुने गरेको छ।
चीनबाट ३३ अर्ब ८९ करोड ६१ लाख रुपैयाँको आयात भएको छ। यस्तै, भारतबाट १३ अर्ब ५० करोड ६६ लाख रुपैयाँ र अन्य मुलुकबाट ३ अर्ब ३३ करोड ४० लाख रुपैयाँ बराबरको दूरसञ्चार उपकरण तथा पार्टपूर्जाको आयात भएको हो।
गत आर्थिक वर्ष सोही अवधिमा ४३ अर्ब २५ करोड २१ लाख रुपैयाँ बराबरको दूरसञ्चार उपकरण तथा पार्टपूर्जाको आयात भएको थियो।
जसमा चीनबाट २८ अर्ब ५५ करोड २५ लाख रुपैयाँ, भारतबाट १२ अर्ब १३ लाख रुपैयाँ र अन्य मुलुकबाट २ अर्ब ६९ करोड ८३ लाख रुपैयाँ बराबरको दूरसञ्चार उपकरण तथा पार्टपूर्जाको आयात भएको थियो।
एक वर्षको अवधिमा दूरसञ्चार उपकरण तथा पार्टपूर्जाको आयातको आयात ७ अर्ब ८४ करोड ४६ लाख रुपैयाँले बढेको हो।
प्रकाशित: २७ असार २०७९, सोमबार