फोनको स्क्रिन बिग्रियो, यस्तो छ सहज समाधान

  • Technology Khabar | २७ असार २०७९, सोमबार
फोनको स्क्रिन बिग्रियो, यस्तो छ सहज समाधान

काठमाडौं ।

नयाँ स्मार्टफोन किन्नु अघि हामी धेरै कुरामा बिचार पुर्याउँने गछौं। हामीले किन्न चाहेको फोनमा र्याम, रोम, क्यामरा, प्रोसेसर, ब्याट्री, डिस्प्ले लगायत कस्तो प्रयोग भइरहेको छ भन्ने कुरा जान्ने प्रयास गछौं।

मोबाइल फोनमा सबैभन्दा धेरै स्क्रिनको प्रयोग हुन्छ। गेम खेल्न, भिडियो हेर्न, भिडियो कल गर्न, च्याट गर्न लगायत सबै कामका लागि फोनको स्क्रिन प्रयोग गर्नुपर्ने हुन्छ।

उच्च गुणस्तरको स्क्रिन भयो भने फोन चलाउन छुट्टै मज्जा आउँछ। खराब स्क्रिन भएको फोन चलाउन झन्झटिलो हुन्छ।

मोबाइल स्क्रिनलाई बचाउनका लागि टेम्पर्ड ग्लास तथा लेमिनेसन प्रोटेक्सनको प्रयोग गर्ने गरिन्छ। तर नयाँ स्मार्टफोन फोन किनेको केही समय पछि मोबाइलको स्क्रिनमा समस्या आउन शुरु हुन्छ। स्मार्टफोनको डिस्प्ले मधुरो तथा खबरा हुन थाल्छ।

स्मार्टफोनको डिस्प्लेमा कसरी खबरी हुन्छ र यसलाई रोक्न के गर्न सकिन्छ भन्ने विषयमा आज हामी केन्द्रित हुनेछौं। फोनको स्क्रिनमा आउने सबैभन्दा महत्वपूर्ण खराबी भनेको स्क्रिन बर्न वा स्क्रिन बर्न इन हो। टेक बजारमा स्क्रिन बर्नलाई घोस्ट इमेज भन्ने गरिन्छ।

के हो स्क्रिन बर्न इन

स्मार्टफोनको स्क्रिनमा दाग देखिने र उक्त स्थानको स्क्रिन कलर सफा नदेखिनुलाई स्क्रिन बर्न इन भन्ने गरिन्छ। मोबाइल डिस्प्लेको कलर बिग्रर्ने तथा मैलो देखिने स्थितिलाई स्क्रिन बर्न इन वा घोस्ट इमेज भनिन्छ। स्मार्टफोन पुरानो हुँदै जाँदा स्क्रिन कलर बिग्रर्न शुरु हुन्छ। टेक्स्ट तथा आईकोन पहिलाको जस्तो सफा देखिदैन।

स्क्रिन बर्न इन बाहिरि चोट वा खराबीको कारणले भन्दा पनि इन्टरनल समस्याका कारण हुन्छ। हामीले फोन प्रयोग गर्ने तरिकाका कारण यस्तो समस्या निम्तिन्छ। स्क्रिन बर्न इनको समस्या लामो समयसम्म कुनै ग्राफिक, वालपेपर वा एप टुल ओपन रहने तथा त्यसको स्थान परिवर्तन नगर्दा हुने गर्छ।

उद्दारणका लागि यदि फोनमा एक थिम लामो समयसम्म राखियो भने उक्त थिममा रहेको टेक्स्ट र कलर फोन स्क्रिनमा आफ्नो छाया वा छाप छोड्छ। पारदर्शी डिस्प्लेमा यो कलर, टेक्स्ट वा आईकन लगातार देखिन्छ। फोनमा केही अन्य एप वा विन्डो खोल्दा स्क्रिनको पछाडि उक्त रंग र चिन्हको मधुरो तस्बिर देखिन्छ। कुनै फोटो वा थिम लामो समयसम्म प्रयोग गर्दा स्क्रिन बर्न इनको सबैभन्दा बढी खतरा हुन्छ।

स्क्रिन बर्न इन हुनुको कारण

स्क्रिन वालपेपर

नोटिफिकेसन बार

नेभिगेनसन बार

स्क्रिन टेक्स्ट

टाइम वाच

क्यालेन्डर

माथि बताइएको केही टूल्स तथा एपले फोन स्क्रिन बर्न इन गर्नका लागि मद्दत गर्ने गर्छ। यदि स्मार्टफोनमा एउटै वालपेपरलाई लामो समयसम्म प्रयोग गरियो भने वालपेपरमा रहेको इमेज तथा कल फोनको डिस्प्लेमा छापिन शुरु हुन्छ।

डिस्प्लेको माथिल्लो स्थानमा रहने नोटिफिकेन बार तथा तल रहने नेभिगेनस बार हरेक समय एउटै स्थानमा रहने गर्छ। जसले विस्तारै स्क्रिनमा आफ्नो असर देखाउँन थाल्छ।

स्मार्टफोनलाई स्क्रिन बर्न इनबाट कसरी बचाउने
मोबाइल फोनको स्क्रिन बर्न इनबाट बचाउने पहिलो र महत्वपूर्ण प्रक्रिया भनेको फोनमा राखिने वालपेपर तथा ब्यागग्राउण्ड इमेजलाई धेरै लामो समयसम्म प्रयोग गर्नु हुँदैन। समय समयमा यसलाई परिवर्तन गरि राख्नु पर्छ।

मोबाइल फोनको थिम कम प्रयोग गर्दा पनि यस समस्याबाट बच्न सकिन्छ। साथै समय समयमा स्मार्टफोनको थिम परिवर्तन गरिराख्नुपर्छ।

फोनमा उपलब्ध एप आईकोन साइज तथा त्यसको टेक्स्ट साइज चेन्ज गर्नु पर्छ। स्टाईल तथा सेप परिवर्तन गर्दा स्क्रिनमा बर्न इन आउने समस्या कम गर्न सकिन्छ। साथै एप सर्टकट आईकोनको स्थान पनि परिवर्तन गरिराख्नु पर्ने हुन्छ।

मोबाइलको ब्राइटनेस लेभल सँधै उच्च प्वाइन्टमा राख्नु हुँदैन। स्मार्टफोनको ब्राइटनेस सकेसम्म अटो मोडमा राख्नु पर्छ। जसले गर्दा आवश्यकताको आधारमा ब्राइटनेस आफै परिवर्तन हुन्छ।

अलवेज अन डिस्प्लेमा स्क्रिन बर्न इन हुने जोखिम उच्च हुन्छ। यसले स्मार्टफोनमा केही टुल्स सँधै एउटै स्थानमा देखाउँछ र यसबाट घोस्ट इमेज बन्छ। यसका लागि फोनमा अलवेज अन डिस्प्ले फिचरलाई डिसेबल गर्नु पर्छ।

प्रकाशित: २७ असार २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार