सेल्फ ड्राइभिङ कार निर्माण गर्ने अर्गो एआईद्वारा १५० कर्मचारी बर्खास्त

  • Technology Khabar | २६ असार २०७९, आईतवार
सेल्फ ड्राइभिङ कार निर्माण गर्ने अर्गो एआईद्वारा १५० कर्मचारी बर्खास्त

काठमाडौं ।

अर्गो एआई, फोर्ड र फक्सवागन दुबै कम्पनीद्वारा समर्थित अटोनोमस सवारी स्टार्टअप कम्पनीले करिब १५० कर्मचारीलाई बर्खास्त गरेको छ।

कम्पनीले आवश्यकता भन्दा बढी कर्मचारी भर्ती गर्दा यस्तो कठोर निर्णय लिन बाध्य भएको द भर्जले उल्लेख गरेको छ।

द वाल स्ट्रिट जर्नलका अनुसार पिट्सबर्ग-आधारित कम्पनीको २ हजार व्यक्तिको टोलीबाट करिब ६ प्रतिशत कर्मचारी कटौती गरिएको हो।
अर्गो एआई सन् २०१६ मा गुगलको अटोनोमस सवारी साधन (एभीएस)को लागि हार्डवेयर विकासका पूर्व प्रमुख ब्रायन सालेस्की र उबरको सेल्फ ड्राइभिङ शाखा इन्जिनियरिङ नेतृत्वकर्ता पिटर रान्डरद्वारा स्थापना गरिएको हो।

कम्पनीमा फोर्डले सन् २०१७ मा १ बिलियन अमेरिकी डलर र फक्सवागननले सन् २०२० मा २.६ बिलियन अमेरिकी डलर लगानी गरेको छ।

उक्त रकमबाट कम्पनीले धेरै अमेरिकी शहरका साथै विदेशमा आफ्नो अटोनोमस भेहिकल व्यवसाय विस्तार गरिरहेको छ।

प्रकाशित: २६ असार २०७९, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार